
नयाँ विकल्प,
काठमाडाैं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट केन्द्रीय नेताहरूको छलफल बोलाएका छन्।कांग्रेसको महाधिवेशन नजिकिएपछि पौडेलले भेला बोलाएका छन्।
भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन छ।यसअघि सभापति शेरबहादुर देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए।
सभापतिमा एक कार्यकाल फेरि दोहोरिने पक्षमा सभापति देउवा छन्। शुक्रबार दिउँसो २ बजे दियालो फुडल्याण्ड बसुन्धारामा बैठक बस्न लागेको छ। पाैंडेलले आफ्नो समूहबाट आफू वा अरू कोही एक जना मात्रै सभापतिको उम्मेदवार घाेषणा गर्ने तयारी गरका छन् ।
वरिष्ठ नेता पौडेल पनि सभापति उठ्ने तयारीमा छन् तर उनले आफ्नो समूहमा छलफल गरेपछि मात्रै औपचारिक रूपमा घोषणा गर्ने बताइरहेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...