प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर शेरबहादुरजीलाई धोका दिन्न: नेपाल – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो तर शेरबहादुरजीलाई धोका दिन्न: नेपाल


नयाँ बिकल्प,

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावबाट आफूहरु एक इन्च पनि पछि नहटेको बताएका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबिरुद्धको पाँच दलिय गठबन्धनले शनिबार राजधानीमा पत्रकारहरुसँग भएको अन्तरक्रियामा नेता नेपालले भने ‘प्रधानमन्त्रीको कुर्सीका लागि नेपाललाई प्रस्ताव आयो भने ओलीसँग मिल्न जाने भनेर मलाई आशंका नगर्नुस्, म यो गठबन्धनलाई धोखा दिने पक्षमा छैन।’

नेपालले भने, ‘प्रधानमन्त्रीको कुर्सीको प्रस्ताव आयो भने होइन, आइसक्यो, तर माधव नेपाल कुर्सीको लागि मरिहत्ते गर्ने मान्छे होइन। यो गठबन्धनलाई धोका दिएर ओलीसँग मिल्ने हो कि भन्ने आशंका छ भने त्याग्नुस्, हामी हस्ताक्षर फिर्ता गर्ने वा त्यो प्रोसेसबाट पछि हट्ने कुरा सम्भव छैन्।’

नेता नेपालले आफूलाई प्रधानमन्त्रीको लागि ओलीपक्षबाट प्रस्ताव आएपनि अश्वीकार गरेको भन्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षरसहित सर्वोच्च अदालतमा बुझाएको निवेदनबाट आफूहरुले हस्ताक्षर फिर्ता लिने र देउवालाई धोका दिने कुनै सम्भावना नरहेको प्रतिबद्धता जनाए।

प्रधानमन्त्री ओलीको व्यवहारबाट तत्कालिन नेकपाका नेताहरु, पछि एमालेका नेताहरु र हाल सिंगो देश र नेपाली नागरिक वाक्क दिक्क भइसकेकाले अब उनलाई सुधार्ने प्रयासमा आफूहरु नलाग्ने बताए।

गलत बाटो हिँडेका ओलीलाई सुधार्न सकिन्छ कि भनेर आफूले प्रयास गर्दा आफ्नै साथिहरुले बालुवा पेलेर तेल निकाल्नु र ओली प्रबृत्तिमा सुधार हुने कुरा उस्तै हो भनेर आलोचना गर्ने गरेको नेपालले स्मरण गरे।

तत्कालिन नेकपाले प्रधानमन्त्रीबाट ओलीलाई हट्न सुझाव दिँदा ओलीले प्रधानमन्त्रीबाट हट्नु परेमा कुर्सी नै भाँचिदिने घुर्की देखाएको प्रसंग प्रस्तुत गर्दै नेपालले सत्ता, शक्ति र पैशाको मात लागेर केपी ओलीले कुर्सीबाहेक केही पनि देख्न छाडेको टिप्पणी गरे।

आफू कुनै हालतमा कुर्सी नछाड्ने तर मलाई र तत्कालिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुर्सीको लागि मेरा बिरुद्ध लाग्न थाले भन्दै आलोचना गर्ने गरेको नेपालले बताए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १२, २२: ४३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १२, २२: ४३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १२, २२: ४३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...