ओली पक्षकाे एमाले स्थायी कमिटीकाे बैठक बालुवाटारमा जारी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओली पक्षकाे एमाले स्थायी कमिटीकाे बैठक बालुवाटारमा जारी


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीकाे बैठक बाेलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको छ।


एमालेमा १९ सदस्यीय स्थायी कमिटी छ। नेता माधवकुमार नेपाल पक्षविनै अध्यक्ष ओलीले केही समयअगाडि गठन गरेकाे स्थायी कमिटी सदस्यहरूलाइ मात्र बैठकमा सहभागी गराइएकाे छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे आज बैठकमा छलफल भइरहेको एमाले पार्टी केन्द्रीय कार्यालयले जनाएको छ। एमालेले विधान महाधिवेशन बोलाउने तयारी पनि गरेको छ।

आजको बैठकमा यसबारे पनि छलफल हुन सक्ने सम्भावना छ।

सर्वाेच्च अदालतले यसअघि ओलीले विस्तार गरेकाे केन्द्रिय कमिटी बैधानिक नरहेेकाे फैसला सुनाएकाे थियाे । ओली पक्षिय स्थायी कमिटीकाे बैधानिकतामाथी समेत प्रश्न उठने गरेकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १३, ११: २२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १३, ११: २२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १३, ११: २२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...