एमालेका नेता तथा सांसद डा. बेदुराम भुषालले पार्टी परित्याग किन गरे? – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

एमालेका नेता तथा सांसद डा. बेदुराम भुषालले पार्टी परित्याग किन गरे?


नयाँ बिकल्प,

काठमाडौं । नेकपा एमालेका नेता तथा राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले पार्टी परित्याग गर्दै स्वतन्त्र भएको घोषणा गरेका छन्।

एमालेमा देखिएको गुटगत विभाजन र बिबादमा भुसालले बरिष्ठ नेता माधवकुमार नेपाल निकट उभिएका थिए । तर, भुषालले आइतबार एक्कासी संसद सचिवालयमा पत्र नै दर्ता गराएर पार्टी परित्याग गरेको घटनालाई राजनीतिक बृत्तमा गम्भीरतापूर्वक लिइएको छ।

संघीय संसद सचिवालयका महासचिवलाई आइतबार पत्र लेखेर भुसालले आफूलाई स्वतन्त्र सांसदको रुपमा ब्यबहार गर्न आग्रह गरेका छन्।

‘म तत्कालिन नेकपाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएको थिएँ। र त्यस पार्टीको संसदीय दलको सदस्य रहेको थिएँ। सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले सो पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उमेदवार भइ निर्वाचित म सहितका जनप्रतिनिधिहरु दलविहीन वा स्वतन्त्र हुन पुगेको सर्वविदितै छ र आगामी दिनमा सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु’, भुषालले सचिवालयमा दर्ता गरेको पत्रमा भनिएको छ।

उनले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र सम्बन्धित सबैलाई यसको आवश्यक जानकारी एवम् निर्देशन दिन अनुरोध गरेका छन्।

भुसालले आफूले पाउने पारिश्रमिक वा सेवा सुविधाबाट लेबी वा कुनै रकम कुनै पार्टीको खातामा जम्मा नगरिदिन पनि लेखा शाखालाई अनुरोध गरेका छन्। एमाले भित्रको विवाद उत्कर्षमा पुगेको बेला भुसालको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

भुषालले यो राजिनामा दिएर नेता नेपालले ओलीबिरुद्ध गतिलो कदम चाल्न नसकेको प्रति असन्तुष्टि व्यक्त गरिएको केहीले अड्कलबाजी गरेका छन् भने केहीले ओलीलाई पार्टीबाट हटाउन वा अलग हुन नेपाललाई दबाब पुग्ने धेरैले आशंका गरेका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १३, २२: ३५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १३, २२: ३५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १३, २२: ३५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...