
नयाँ बिकल्प,
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जाली–फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक बाटोबाट प्रधानमन्त्री बन्न खोजेको आरोप लगाएका छन् ।
मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले केही पार्टीका नेताको कुण्ठा र हतारोले राजनीतिलाई अप्ठ्यारो पारेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता देउवामाथि यस्तो गम्भीर आरोप लगाएका हुन्।
‘जनतामा जाने कुरालाई असंवैधानिक र कू भनिएको छ’, ओलीले भने ‘जनतामा गएर नयाँ जनादेश वा संसदबाट प्रधानमन्त्री बन्नुको साटो कृत्रिम र अलोकतान्त्रिक बाटो अपनाएर देउवा प्रधानमन्त्री हुन खोेजेका छन्।’
राष्ट्रका समस्या समाधान गर्न सबै एकजुट हुुनुपर्ने ठाउँ संसद्लाई पंगु बनाउने र जनतामा जान नदिने काम भएको गुनासो गर्दै ओलीले अदालतबाट मुद्दा लडेर सरकार ल्याउने र अदालतबाट प्रधानमन्त्री छान्ने कुरा संसारमा कहीँ नभएको दाबी गरे।
स्वतन्त्र न्यायालयको फैसला आफ्नो पक्षमा पार्न दवावका लागि आन्दोलन गर्न खोजिएको भन्दै उनले कोभिडको बेला निषेध आदेश तोडेर कांग्रेसको नेतृत्वमा आन्दोलन गर्न खोजिएको आरोप लगाए।
सभामुखलाई कार्यकर्ताको आक्षेप

प्रधानमन्त्री ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई पार्टीको कार्यकर्ताको संज्ञा दिए । उनले संसद भवनलाई संसदीय क्रियाकलाप बाहेक अन्य काममा प्रयोग गर्न दिइएको भन्दै ओलीले आलोचना गरे।
‘प्रचण्डका कार्यकर्ता सभामुख हुनेबितिक्कै उनले जे भन्यो त्यही हुने हो त ?’ नितान्त संसदका कार्यक्रम गरिने ठाउँलाई अहिले अनेक काममा प्रयोग गर्न खोजिएको छ।’
पाँच संसदबादी दलका शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनपछि केही दिन बिराएर संसद भवन नयाँ बानेश्वरको ल्होत्से हल, जहाँ सदन बस्दैन र सचिवालय पनि छैन्,लाई पत्रकार र नागरिक समाजका अगुवासँग अन्तरक्रिया गरिरहेका छन्।
प्रचण्डलाई स्याल र छेपारोसँग तुलना

प्रधानमन्त्री ओलीले कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दन्त्यकथाको ‘निलो वर्ण स्याल’ र ‘छेपारो’सँग तुलना गरेर निकै खिसी ट्युरी गरेका छन्।
कथा जोड्दै उनले भने ‘निलो वर्णको रङ भरिएको ठाउँमा स्याल पानी खान गयो। झुक्किएर भित्र खसेछ, स्याल पूरै निलो भयो। स्याल अनि जंगल गयो। उसले जङ्गलमा पुगेपछि म विशेष प्रकारको प्राणी हुँ, निलो वर्णको जीव म मात्रै हुँ भन्न थाल्यो। म जंगलको राजा हुँ भन्यो। सबैले होला भन्ठाने। साँझ परेपछि स्याल कराउन थाले। त्यसपछि त्यो पनि ठाडो घाँटी लगाएर कराउन थाल्यो। स्यालको धर्म नै अरू कराएपछि कराउनै पर्ने। स्याल भन्ने थाहा पाएपछि बाघले झप्पु दिएर समात्यो। प्रचण्ड पनि त्यस्तै हुन्।’
नेपाललाई प्रचण्डको पुच्छर भएर कांग्रेस प्रवेश गर्न लागेको आरोप

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका नेता माधवकुमार नेपालमाथि पनि गम्भीर आरोप लगाएका छन्। उनले नेता नेपाल अहिले प्रचण्डको पुच्छर भएको भन्दै कांग्रेस प्रवेश गर्न लागेको आरोप लगाए।
उनले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्धा ममिलामा धाउनेहरूले लोकतन्त्र र देशको स्थिरतालाई खतरामा पार्ने स्थिति आएको आरोप लगाए।
नेपाललाई लोकतन्त्रका मुल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर भएको, संसद्लाई जनताको काम गर्ने थलो नबनाइ पंगुन बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हिँडेको र प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाएको आरोप लगाए।
आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरू विचारबाट पतित भएको आरोप ओलीले लगाए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...