पौडेल र सिटौलालाई मण्डिखाटार बोलाएर सुजताले गरिन ‘लन्च मिटिङ’ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पौडेल र सिटौलालाई मण्डिखाटार बोलाएर सुजताले गरिन ‘लन्च मिटिङ’


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसको भदौ १६ देखि १९ सम्म हुन लागेको १४ औं महाधिवेशनको संघारमा पार्टीका शीर्ष नेताहरुबीच ‘लन्च मिटिङ’को श्रृङ्खला नै चल्न थालेको छ।

सोमबार बिहान मात्रै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइरालाले पार्टी नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवास मण्डिखाटारमा बोलाएर आसन्न १४ महाधिवेशनको विषयमा छलफल गरेकी छन्।

नेतृ सुजाता कोइरालाले नेता पौडेल र सिटौलाबीच सहमति गराउने प्रयास गरेको दाबी गरेकी छन्।

विगतमा एकै ठाउँमा भए पनि हाल फरक फरक धारमा लाग्नु भएको भन्दै कोइरालाले पौडेल र सिटौलालाई विगतको तितोमिठो भुलेर एक ठाँउमा आउन आग्रह गरेकी थिइन्। उनले दुवै नेता एक ठाउँमा आउँदा मात्रै कांग्रेसकोे भविष्य राम्रो हुने बताएकी थिइन् ।

पौडेलले सहमतिका आधारमा अघि बढ्न आफू सधैं तयार रहेको जवाफ दिएका थिए। ‘म सहमतिमा अघि बढ्न चाहन्छु। सहमतिको प्रयास गरौ’ उनले भनेका थिए।

पौडेल र सिटौला लामो समयदेखि एकै कांग्रेसको पुरानो संस्थापन पक्षमा थिए। १२ औं महाधिवेशनपछि पौडेल कांग्रेस उपसभापति थिए भने सिटौला महामन्त्री थिए। तर, १३ औं महाधिवेशनमा सिटौलाले तत्कालीन संस्थापन समूह छोडेर छुट्टै समूह बनाएका थिए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १४, १८: १५

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १४, १८: १५

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १४, १८: १५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...