
नयाँ विकल्प,
विरगंज-पर्सामा चट्याङ लागेर मंगलबार बिहानै तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका-४ देवरवानाका ५५ वर्षीय रघुवीर यादव, पटेर्वा सुगौली-१ का २७ वर्षीय रसुल आजगदी र जीराभवानी-३ जितपुरकी ५० वर्षीया असरतोमी देवी थारू छन्।
यादव र आजगदी भैंसी चराइरहेका थिए भने थारू खेलमा काम गरिरहेकी थिइन्। सखुवाप्रसौनी १ का ४० वर्षीय राजवंशी महरा गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ।
मंगलबार बिहान ७ बजे चट्याङ परेको थियो।चट्याङले अर्का एक जना गम्भीर घाइते र तीन जना सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...