प्युठानमा एक युवककाे हत्या, एक गम्भीर घाइते – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्युठानमा एक युवककाे हत्या, एक गम्भीर घाइते


नयाँ विकल्प,


स्वर्गद्वारी- प्युठान नगरपालिका वडा नम्बर १० नेपानेमा सोमबार बिहान सवा ६ बजे एक पुरुष मृत फेला परेका थिए।

त्यस्तै, अर्का पुरुष भने अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका जनाएकाे छ । मृतक सोही वडाको कोट भन्ने ठाउँका अन्दाजी ३४ वर्षीय हेमन्त पुनमगर भनेर चिनिने नरेन्द्र पुनमगर छन्।

उनकै साथी सुरेश बस्नेत गम्भीर घाइते छन्। घाइते बस्नेतको भैरहवा मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोको अपरेसन भइसकेको छ भने अवस्था गम्भीर छ।

बस्नेतको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। घटना कतिबेला भएको हो भन्ने खुलेको छैन ।पुनका दाइ रविन्द्र पुन मगरका अनुसार उनीहरू दुबैजना आफ्नी दिदीको घरमा अघिल्लो दिन काम गर्न गएका थिए।

शव जंगल क्षेत्रकाे भिरालो गोरेटो बाटोमा फेला परेको प्रहरीले जनाएकाे छ । पुन र बस्नेतमाथि ठूला फलामका रड वा लाठ्ठीले हिर्काएको प्रहरीले जनाएकाे छ ।

प्रहरीले केही शंकास्पद व्यक्तिमाथि सोधपुछ गरी थप अनुसन्धान गरिरहेको छ। तर कसले र किन हत्या गरेको हो भन्ने खुलिसकेको छैन।

उनीहरूमाथि कुनै समूहले हो की व्यक्तिले आक्रमण गरेको भन्ने पनि खुलेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १५, १३: १७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १५, १३: १७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १५, १३: १७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...