चाक्सिबारीमा बिमलेन्द्र,शशांक र प्रकाशमानको छलफल – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

चाक्सिबारीमा बिमलेन्द्र,शशांक र प्रकाशमानको छलफल


नयाँ बिकल्प,

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका पुत्रहरु पार्टी महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति बिमलेन्द्र निधीबीच सोमबार करिव २ घण्टा छलफल भएको छ।

पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा भएको भेटमा पार्टीको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४ औं महाधिवेशनलाई कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको नेता सिंहले बताए।

गत साता भदौ ७ गते सोमबार उपसभापति निधीको बैबाहिक वर्षगाँठको अवसरमा आयोजित लन्च बैठकपछि कांग्रेस बृत्तमा निकै चर्चा र बहश शुरु भएको छ। तीनै नेताले आगामी महाधिवेशनमा मिलेर अघि बढ्ने सहमति भएको बताइएको थियो।

पार्टी सभापति शेरबहादुर देउवासँगको ४ दशक लामो सहकार्य गरेका उपसभापति निधीले २०५९ सालदेखि देउवालाई नेतृत्वको लागि साथ दिँदै आए पनि यस पटक सभापतिमा उम्मेदवारी दिने घोषणा गरेसँगै पार्टीमा तीन नेताको लन्चले चर्चा पाएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले एक साताअघि गरेको परामर्श बैठकमा निधीले आगामी महाधिवेशनमा आफू सभापतिमा उम्मेदवार हुने भएकाले सहयोग र समर्थनको लागि देउवासँग आग्रह गरेका थिए।

आफू सभापतिमा उम्मेदवार हुने पक्का भएसँगै उपसभापति निधिले पार्टीका संस्थापक नेताहरु बीपी पुत्र डा. शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमानसँग पार्टीको आगामी १४ औं महाधिवेशनमा मिलेर अघि बढ्ने प्रयास गरिरहेका छन्।

निधीले शुरुआत गरेको लन्च मिटिङले आज मंगलबार पुनः असार १५ को अवसरमा पुन निरन्तरता पाएको हो।

बैठकपछि नेता सिंहले छलफलमा १४ महाधिवेशनमा मिलेर अघि बढ्न, पार्टीलाई लोकतान्त्रिक पद्धति र प्रक्रियाबाट अघि बढाउन, क्रियाशिल सदस्यता वितरण र अन्य दलबाट कांग्रेसमा आएकाहरुको समायोजन प्रक्रियामा देखिएका विषयमा छलफल भएको बताए।

पार्टी नेतृत्वले पार्टी सही ढंगले सञ्चालन गर्न नसकेको निष्कर्षमा तीन नेता पुगेको भन्दै सिंहले असार १८ गते शुक्रबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा पार्टीका अन्य केन्द्रीय सदस्यहरुसँग बृहत छलफल गरिने बताए।

सिंहले १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा उम्मेदवार भएका र आकांक्षीको सहभागिता र सुझावको आधारमा आफूहरु अघि बढ्ने बताए।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १५, १६: १४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १५, १६: १४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १५, १६: १४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...