
नयाँ बिकल्प,
दमौली – नेपाली कांग्रेसका नेता तथा १३ औं महाधिवेशनमा सभापतिका प्रत्यासी भएका रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको सरदमुकाम व्यास नगर समितिको सभापतिमा युवा नेता डम्बरबहादुर अधिकारीले नेतृत्व लिने आकाङ्क्षा देखाएका छन्।
पार्टीको १४ औँ महाधिवेशनमा व्यास नगरपालिकाको नगर सभापतिको लागि अधिकारी तिव्र तयारीमा जुटेका हुन्। अबको नेतृत्व युवा पुस्तालाई भन्ने नारा दिँदै आएका अधिकारी सभापतिको लागि युवाहरूसंग भेटघाट, छलफल र सुझाव लिनमा अहिले व्यस्त भएका छन्।
युवाहरूको प्रतिनिधित्व गर्दै उम्मेदवारीको तयारी गरेका अधिकारी हाल व्यास नगर सहसचिव हुन्। अधिकारी कार्यकर्ताको संरक्षण र युवाको नेतृत्व हालको आवश्यकता रहेको अधिकारीले बताउदै आएका छन्।
सभापतिको घोषणा नगरेपनि उनको तयारी भने सभापतिमा रहेको बुझिएको छ। व्यास नगरको १४ वटा वडामा करिब ४ हजार ४ सय क्रियाशील सदस्य रहेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...