बाढीले पुल भत्काएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बाढीले पुल भत्काएपछि पूर्व-पश्चिम राजमार्ग अवरूद्ध


नयाँ विकल्प,


चितवन-लगातारको वर्षासँगै आएको बाढी र पहिरोले चितवनमा क्षति पुर्‍याउन थालेको छ। पूर्वी चितवनको खैरहनी र राप्तीको सीमा क्षेत्रमा बग्ने लदरी खोलामा आएको बाढीले धुसरी पुल भत्काइदिएको छ।

उक्त पुल भत्किँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ। राप्ती, बुढीराप्ती, लदरी, कयर र लोथर खोलामा बाढी आउँदा पूर्वी चितवनको जनजीवन प्रभावित बन्न थालेको छ।


खोला राजमार्ग हुँदै बस्तीतर्फ छिर्न थालेपछि बस्ति जाेखिममा परेकाे छ ।बुढी राप्ती खोलामा आएको बाढीले सौराहा र आसपासका क्षेत्र प्रभावित बनेका छन्।

यो खोलो चित्रसारीबाट सौराहा प्रवेश गर्ने सडकभन्दा परसम्म पुगेको छ। यो खोलोले रत्ननगर-८ बाघमारास्थित रमाइलो बस्तीका २१ घर डुबानमा परेका छन्।

त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।रतननगर-७ का मैनाहा र मालपुरमा पनि बाढी पसेको छ।बुधबारदेखि नै परेक‍ो वर्षाका कारण रातिदेखि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध छ। उक्त सडकमा आधा दर्जन बढी स्थानमा पहिरो खसेको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १७, ११: २९

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १७, ११: २९

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १७, ११: २९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...