
नयाँ बिकल्प,
दमौली । दुई दिनदेखि परेको अविरल वर्षाका कारण तनहुँ जिल्लाको विभिन्न ठाउँमा गएको पहिरो र बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई दर्जनबढी स्थानीय वासिन्दा घाईते भएका छन्।
पहिरोले तनहुँको बन्दीपुर गाउँपालिका बन्दीपुर –३ तामुङको एक घर पहिरोको उच्च जोखिममा छ भने बन्दीपुरकै वडा नं. ५ मा तीन घर पहिरोले पुरिएका छन्। बाढीले ८ घर विस्थापित भएका छन्।
बन्दीपुरको वडा नं १ मा आठ वटा घर पुरिएको प्रहरीले जनाएको छ। बन्दीपुरकै तल्लोडुम्रे बजार क्षेत्रमा बाढीका कारण बजार नै डुबानमा परेको र सडक बगाउँदा वडा कार्यालयसम्म पुग्न समेत समस्या भएको छ।
तनहुँकै व्यास नगरपालिकाको छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाइदिएको छ । व्यास १ र १३ जोड्ने पक्की पुल बाढीले बगाएका कारण आवतजावत ठप्प छ।
तनहुँमा बाढी पहिरोमा परी बन्दीपुर –२ तामुङका ७२ वर्षीया हरिमाया सार्की र ३० वर्षीय सरस्वती थापाको निधन भएको छ।
पहिरोमा परी थापाका आफन्त ६६ वर्षे दिलबहादुर थापामगर, ५८ वर्षीया दाउरीमाया थापामगर र २६ वर्षे सुवास थापा मगर घाइते भएका छन्। घाइतेहरुको दमौली अस्पतालमा उपचार भइरहेको बन्दीपुर गाउँपालिकाकी उपप्रमुख करुणा गुरुङले जानकारी दिइन।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...