
नयाँ बिकल्प,
काठमाडौं । सेयर बजारमा बिहीबार पनि खरिद बिक्री रकमको आकार सानो भए पनि नेप्से परिसूचक भने १९.१२ अंकले बढेर २८४३ विन्दुमा आइपुगेको छ।
बिहीबार ६ अर्ब ७० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ। धितोपत्र बोर्डले विभिन्न ५० बढी कम्पनीको शेयर मुल्य कृतिम रुपमा बढाइएको भन्दै विज्ञप्ति जारी गरेपछि खस्किएको शेयर बजार बिस्तारै सकारात्मक लयमा बढ्न थालेको छ।
लगानी कर्ताहरु कर तथा साँवा ब्याज तिर्नु पर्नेले पनि लगानीको आकार एक सातामै करिव १९ अर्बबाट झरेर ६ अर्बमा आइपुगेको छ। अहिले सेयर होल्ड गर्न सके साउन लागेपछि सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्ने र लाभांश घोषणा र साधारण सभाको समय आउनेछ।
बिहीबार निर्जीवन बिमा बाहेक बाँकी समूहका सूचकमा वृद्धि भएको छ। ४ कम्पनीको भाउ ९५ भन्दा माथि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ। कारोबार रकममा नेको इन्स्योरेन्स सबैभन्दा अघि छ। यसको ३० करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, दोस्रो र तेस्रोमा क्रमशः ज्योति विकास बैंक र मेगा बैंक परेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...