४ सहसचिव सचिवमा बढुवा – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

४ सहसचिव सचिवमा बढुवा


नयाँ विकल्प
काठमाडौं – सरकारले ४ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २ जना प्रशासनतर्फ र २ जना प्राविधिकतर्फका सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि सहसचिव डा.दामोदर रेग्मीको मात्र नाम बढुवा समितिबाट सिफारिस भएकाले उनी बढुवा भए । प्रशासनतर्फ ३ जना सिफारिस भएकोमा बरिष्ठताका आधारमा सहसचिव गणेशप्रसाद पाण्डे सचिवमा बढुवा भएको एक मन्त्रीले जानकारी दिए ।

सहसचिव डा.कृष्णप्रसाद आचार्य वन सेवातर्फ सचिवमा बढुवा भएका छन् । सचिव बढुवाका लागि आचार्यसँगै निरु दाहाल पाण्डे र दीपक खरालको नाम पनि सिफारिस भएको थियो ।

इन्जिनियरिङ सेवातर्फ सचिवमा सहसचिव प्रमिला बज्राचार्यलाई बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । बढुवा समितिले बज्राचार्यसँगै सहसचिव सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम पनि सिफारिस गरेको थियो ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहेको सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०७८ असार १७, २२: ११

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...

नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
नेपाल–भारत सम्बन्धमा नयाँ आयाम, १० क्षेत्रमा सहकार्य
  • २०७८ असार १७, २२: ११

नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...

भैरहवा एयर रुटमा भारतको सहमति
भैरहवा एयर रुटमा भारतको सहमति
  • २०७८ असार १७, २२: ११

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...