दुई महिनापछि युरोपेली देशहरुमा संक्रमितको संख्या फेरि बढ्याे – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

दुई महिनापछि युरोपेली देशहरुमा संक्रमितको संख्या फेरि बढ्याे


नयाँ विकल्प- युरोपेली देशहरूमा कोरोनाभाइरसबाट संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि वृद्धि भएको बिहीबार जानकारी दिएको हो।

डब्लुएचओले संक्रमितको संख्यामा फेरि वृद्धि हुँदा अर्को चरणको महामारी फेरि सुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको छ।
कोरोना भाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सबै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ।

“युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सबै सतर्क हुनुपर्दछ,” संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।

उनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले संक्रमितको संख्यामा वृद्धि भएको हो।
उनले युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ गर्न गराउन पनि आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढीरहेको उनले बताए।
उनले खोप लगाउने अभियानलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढाउन पनि सबै देशका अधिकारीलाई आग्रह गरेका छन्।
उनले भने, “खोपले डेल्टा भेरियन्टको कोरोना भाइरसबाट बचाएको देखिएको छ, त्यसका लागि दुई मात्रा खोप लगाउनु अति राम्रो हुन्छ।”

युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको पाइएको तथ्यांक पनि उनले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए।

सम्बन्धित समाचार

नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
नेपालका प्रधानमन्त्रीको भारतको दुईदिने राजकीय भ्रमणमा ६ उच्चस्तरीय परियोजनाको उद्घाटन, ५ घोषणा, ८ समझदारी
  • २०७८ असार १८, ०७: ४५

नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...

भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
भारतको दुईदिने भ्रमण सकेर प्रधानमन्त्री शाह स्वदेश फर्किए
  • २०७८ असार १८, ०७: ४५

काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...

के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
के छ नेपाल–भारत संयुक्त वक्तव्यमा ?
  • २०७८ असार १८, ०७: ४५

काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...