
नयाँ विकल्प,
काठमाडाैं- लगातारकाे बर्षाका कारण गएकाे पहिराेले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चार ठाउँमा खसेको पहिरोका दुईतर्फी नै सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिन जनाएको छ ।
१४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा पन्छाउन सकिएको छैन । पन्छाउने काम जारी रहेकाले सडक सन्चालन गर्न केही घण्टा लाग्न सक्ने प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ । इच्छाकामना गाउँपालिका-६ चारकिलो भन्ने स्थानमा ठूलो पहिरो छ ।
त्यो हटाउन अझै तीन-चार घण्टा समय लाग्ने प्रहरीको जनाएकाे छ । १४ किलो भन्ने स्थानमा खसेको ठूलो ढुंगा भने हटाइसकिएको छ । जलविरेको पहिरो हटाएर हाल एकतर्फी सवारी साधन सन्चालन हुने बनाइएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्गको नारायणगढ बुटवल खण्डअन्तर्गत गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा अवरुद्ध बनेको सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...