देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर २ दिन भित्र फिर्ता लिन नेपाल समूहलाई एमालेकाे निर्देशन – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर २ दिन भित्र फिर्ता लिन नेपाल समूहलाई एमालेकाे निर्देशन


नयाँ बिकल्प,

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमाले बरिष्ठ नेता माधवकुमार नेपालसहितका निवर्तमान सांसदहरुलाई निर्देशन दिएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहानदेखि जाारी एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको अध्यक्षतामा बसेको केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सांसद नेपाल र झलनाथ खनालसहित २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो।

बरिष्ठ नेता नेपाल पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिन फिर्ता हस्ताक्षर फिर्ता गर्न चेतावनी दिएका हुन्।

बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित हुने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताएका थिए। बैठकमा बामदेव गौतमसमेत उपस्थित छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार १८, १५: १२

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार १८, १५: १२

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार १८, १५: १२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...