
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रवक्ताको जिम्मेवारी समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिएको छ।
नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको समिति सचिव केशव रिजालले जानकारी दिएका छन्। समितिको औपचारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको जनाइएको छ।
समितिको संयोजकमा केन्द्रीय सदस्य रमेश लेखक रहेका छन् भने सदस्यमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, कल्याण गुरुङ, योगेन्द्र चौधरी र जीवन परियार रहेका छन्।
२० असारसम्म सदस्यता छानबिन टुंग्याउन समय पाएको समितिले असार मसान्तसम्म समय लाग्ने पार्टीका सभापति तथा पदाधिकारीहरुलाई जनाई सकेको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...