
नयाँ विकल्प ,
काठमाडौं – नेपालको सबैभन्दा पुरानो र ठूलो लोकतान्त्रिक समाजबादी पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणको महामारीकाबीच आगामी भदौ १६ –१९ मा काठमाडौंमा हुँदैछ।
गत वर्ष नै हुनु पर्ने पार्टीको महाधिवेशन कोराना संक्रमणको महामारीले झण्डै एक वर्ष पछि धकेलिदिएको छ। संक्रमणको ग्राफ केही तल झरेसँगै कांग्रेसमा पार्टी नेतृत्वको लागि नेताहरुको दौडधुपले तिब्रता पाउन थालेको छ।
नेपाली कांग्रेसका संस्थापक नेता विश्वेशवर प्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह र अहिंसावादी नेता महेन्द्रनारायण निधीको उत्तराधिकारीका रुपमा पुत्रहरु पार्टी महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र उपसभापति बिमलेन्द्र निधीले राजनीतिक विरासतलाई समेत धान्ने प्रयास गरिरहेका छन्।
नेपाली कांग्रेसको स्थापना र यसको बिस्तार तथा प्रवर्धनमा नेतात्रयको बिरासतलाई धान्न मात्र नभएर निरन्तरता दिनकै लागि तीन नेताको दुई सातायताको भेटघाटलाई कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकले सुझबुझपूर्ण र सकारात्मक प्रयास भनी टिप्पणी गर्न थालेका छन्।
एउटा लोकतान्त्रिक पार्टीमा झाँगिएको गुटगत प्रबृत्तिलाई अन्त्य गरी सामूहिक नेतृत्व प्रदान गरी पार्टीलाई जिबन्तता दिने नेतात्रयको प्रयासलाई कार्यकर्तामा सकारात्मक सन्देशको सन्चार भए पनि नेतृत्वको आकांक्षीहरुमा भने तरंग पैदा गरेको छ। नेतात्रयको मिलन वा एकताले आफूहरुको पाले वा आफूहरुले अवसर नपाइएला भन्ने त्रास पनि त्यतिकै देखिएको छ।
पार्टी सभापति शेरबहादुर देउवाले गत असार ५ गते शनिबार प्रदेश नम्वर १ का आफू निकटका केन्द्रीय सदस्यहरुसँग भेट गरी आफूले एक पटक सभापतिमा पुन उम्मेदवार हुन चाहेकोले सहयोगको आग्रह गरेका थिए।
देउवासँगको भेटमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिलबहादुर थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मिनबहादुर विश्वकर्मा आदि नेताहरुले पुन पार्टीलाई पुरानै अवस्थामा फर्काउन देउवाको नेतृत्व स्वीकार्य भएको बताएका थिए।
तर त्यसको भोलीपल्ट असार ६ गते प्रदेश नं २ का आफू निकटका केन्द्रीय सदस्यहरुसँगको छलफलमा उपसभापति विमलेन्द्र निधिले आफू १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवार बन्न लागेकोले उल्टै आफूलाई सभापतिवको उम्मेदवारमा समर्थनमा जनाउन आग्रह गरेका थिए।
तर, निधीको यस्तो प्रस्तावबाट टसको मस नभएका सभापति देउवाले उम्मेदवार हुन पाउने अधिकार पार्टीमा सबैको हुनेभन्दै थप आग्रह वा सुझाव दिएका थिएनन्। सभापति देउवाकै आश्वासनपछि २०७२ साल फागुनमा भएको पार्टीको १३ औं महाधिवेशनमा देउवालाई उसभापति जिताउन भूमिका खेलेका निधीले १४ औं महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवारमा समर्थन जनाउने प्रतिवद्धता सम्झाएका थिए।
तर सभापतिले त्यसवेला आफूले ‘मलाई अहिले सभापतिमा सहयोग गरेमा अर्को पाली तपाईंलाई अघि सार्छु भनेको थिएँ। अर्को पटक भनेको १४औं महाधिवेशन होइन, १५औंमा सहयोग गरौंला’ भनेको भन्दै स्पस्ट पार्ने प्रयास गरेका थिए।
सभापति देउवाले आफूलाई १४औं महाधिवेशनमा सहयोग र समर्थन गर्ने संकेत नपाएपछि निधी पुत्र बिमलेन्द्र निधीले बीपी पुत्र तथा महामन्त्री शशांक कोइराला र गणेशमान पुत्र प्रकाशमानसँग नेतृत्व परिवर्तन वा दोश्रो तहका नेतामा पार्टी नेतृत्व लिनको लागि सल्लाह गर्ने निष्कर्षमा पुगेका थिए।
आफ्नै समूहका सभापति देउवाले आफूलाई सहयोग गर्ने अवस्था नभएपछि नेत्राहरु कोइराला र सिंहसँग छलफल गर्ने उपयुक्त समयको पर्खाइमा रहेका निधीले असार ७ सोमबार आफ्नो बैवाहिक वर्षगाँठको अवसरमा दुवै नेतालाई आफ्नै निवास मध्यवानेश्वरमा बोलाएर ‘लन्च मिटिङ’ को आयोजना गरेका थिए। जुन मिटिङले पार्टी नेतृत्वको चाहनामा रहेका नेताहरुमा नयाँ तरंग ल्याएको छ।
तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालासँगको असन्तुष्टि बढ्दै जाँदा शेरबहादुर देउवाले गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकमा निधी र सिंहले साथ र सहयोग गरेका थिए। २०६३ सालको परिवर्तनसँगै प्रजातान्त्रिक कांग्रेस नेपाली कांग्रेसमा एकीककृत हुँदा सिंह उपसभापति थिए भने निधी महामन्त्री थिए।
हाल सिंह पार्टी सभापति देउवाइत्तरको पौडेल समूहनिकट छन् भने बीपीपुत्र शशांक यसअघिको १४ औं महाधिवेशनमा पौडेल समूहबाट उम्मेदवार भएर महामन्त्रीमा निर्वाचित भएका थिए। १२ औं महाधिवेशनमा भने निधीलाई सिंहले महामन्त्रीमा पराजित गरेका थिए। १२औं महाधिवेशनमा सिंह सुशिल कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने निधी देउवा प्यानलबाट उम्मेदवार बनेका थिए।
आगामी १४औं महाधिवेशनमा नेता रामचन्द्र पौडेलले फेरि सभापतिमा दाबी गरेपछि सभापतिका आकांक्षी कोइराला र सिंहले पौडेललाई अश्विकार गर्ने स्पस्ट संकेत र सन्देश समेत दिएका छन्।
१३औं महाधिवेशनमा तत्कालिन संस्थापन पक्षबाट कोइराला र सिंह दुवैले सभापतिमा दाबी गरेका थिए। तर, दुवैले पौडेललाई सभापतिमा सहयोग गरेका थिए। आफूहरुको सहयोगबाट पौडेल विजयी हुन नसकेपछि अहिले स्वभावैले सभापतिमा आकांक्षा देखाएका कोइराला र सिंहले अब भने पौडेललाई अघि नबढाई आफूहरुबीच नै कुनै न कुनै सहमति खोज्ने संकेत लन्च मिटिङले दिएको छ।
तीन नेतामध्ये एक सभापतिका उम्मेदवार भएमा दोश्रोलाई सरकारको नृतृत्व र तेश्रोलाई राष्ट्रप्रमुख बनाउने विषयमा छलफल भएको स्रोतले बतायो । तर, छलफलले मूर्त रुप नलिएका कारण एक जना सभापतिमा भएमा दोश्रो र तेस्रोत नेतामध्ये एकलाई प्रधानमन्त्रीमा र अर्कोलाई १५ औं महाधिवेशनमा पार्टी नेतृत्वमा सहयोग गर्नेसम्मको विषयमा छलफल भएको छ।
पार्टी नेता पौडेलले १३औं महाधिवेशनमा आफूहरुको तत्कालिन संस्थापन पक्षबाट बिद्रोह गरी सभापतिमा उम्मेदवार बनेका कृष्णप्रसाद सिटौलालाई रोक्न नसकेको, यो पटक संस्थापन इत्तरबाट सभपातिमा आकांक्षी हुनेको सख्या बढेसँगै महामन्त्री डा. कोइराला र सिंहले नयाँ समिकरण बनाउने प्रयास गरेका छन्।
महामन्त्री डा. शशांक कोइरालालाई कोइराला परिवार भित्रैबाट पूर्ण सहयोग नहुने संकेत पाएपछि उनले देउवालाई सभापतिमा पराजित गराउन सक्ने तागत र क्षमता आफूसँग मात्र भएको दाबी गर्दै आएका छन्। डा. शशांकलाई कोइराला परिवारकै सदस्य तथा पार्टी नेतृ नोना कोइरालाका पुत्र डा. शेखर कोइरालाले चुनौति दिएका छन्। डा. शेखरले आफू पार्टीमा लोकप्रीय भएको भन्दै एक वर्षदेखि पार्टीको सभापति उठ्ने भन्दै देशदौडाहा शुरु गरेका थिए।
शशांकको निधी र सिंहसँगको लन्च मिटिङपछि कांग्रेसको संस्थापनइत्तर मात्र नभएर कोइराला परिवारमा समेत ठूलै तरंग पैदा गरेको छ। कतै १४ औं महाधिवेशनमा पार्टी नेतृत्वको लागि कतै दाजुभाईबीच नै प्रतिष्पर्धा त हुँदैन भनेर त्यसलाई रोक्ने प्रयास पनि भइरहेको छ।
तर कोइराला परिवारका हितैषी र शुभेच्छुकले नोनापुत्र डा. शेखर कोइरालाको तुलनामा बीपी पुत्र डा. शशांक कोइराला नै उदार र सहयोगी भएको भन्दै उनकै पक्षमा लागेका छन्। डा. शशांकलाई केन्द्रीय सदस्यहरु डा. मिनेन्द्रप्रसाद रिजाल,दिलेन्द्रप्रसाद बढु, दिपक गिरी, सरिता प्रसाईं, गुरुराज घिमिरे, बद्री पाण्डे, दिलबहादुर घर्ती र दुई दर्जनबढी जिल्ला सभापतिले केन्द्रीय सभापतिमा उम्मेदवारी दिन सुझाव र दबाब दिइरहेका छन्।
तीन नेताबीचको छलफललाई पूर्वमहामन्त्री सिंहको निवास चाक्सीबारीमा गत असार १५ गते असार १५ अको अवसरमा लन्च मिटिङ गरेर एकताको सन्देश दिएका थिए। पार्टी शिर्ष नेताहरुबाटै पार्टीको क्रियाशिल सदस्यताको अभिलेखीकरण कार्य सम्पन्न नभइकन नै महाधिवेशन केन्द्रीत भएर छलफल चलाउँदा ‘टार्गेट’मा परिने भएकाले असार १८ गते शुक्रबार महामन्त्री डा. कोइरालाको निवासमा आयोजना गरिएको भेटघाट कार्यक्रम समेत स्थगित गर्नु परेको थियो।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...