महाधिवेशन र नेतृत्व विषयमा डा.रिजालको प्रस्तावपछि कांग्रेसमा हलचल ! – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

महाधिवेशन र नेतृत्व विषयमा डा.रिजालको प्रस्तावपछि कांग्रेसमा हलचल !

नयाँ विकल्प

काठमाडाैं- नेपाली कांग्रेसका नेता तथा पूर्वसूचना तथा संचार मन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले कोभिड १९को संक्रमणले महामारीको रुप लिँदै गर्दा आगामी साउन १२ देखि गर्ने भनिएको पार्टीको वडा तहको अधिवेशन प्रभावित भयो भने के गर्ने ? भनेर एउटा नयाँ प्रस्तावको मस्यौदा बाहिर ल्याएका छन्।

डा. रिजालको सो प्रस्ताव पार्टीका शीर्ष नेताहरुलाई मन परे पनि बाहिर कसैले अभिव्यक्ति दिन सकेका छैनन्।


कोरोना संक्रमण पूर्णरुपमा नियन्त्रणमा नआएको, क्रियाशिल सदस्यता बिबाद टुंगामा पुग्न नसकेको र वडा अधिवेशन साउन १२ गते गर्दा मध्य वर्षायाममा चरम बाधा हुने देखेपछि नेता रिजालले पार्टीले बैधानिकता नगुमाओस भनेर प्रस्तुत गरेको खाकालाई धेरैले शीर्ष नेता समायोजन गरेर नेतृत्वमा हाबी हुन खोजेको भनेर आलोचना पनि गरेका छन्।

तर, डा. रिजालको प्रस्ताव अतिस्योक्तिपूर्ण नभएर सम्भावित बाध्यकारी जस्तै छ। स्रोतका अनुसार नेता डा. रिजालले राजनीतिक दल सम्वन्धी कानूनका कारण पाँच वर्षभित्र महाधिवेशन हुन नसकेमा ६ महिना थप गर्ने प्रावधान समेत आगामी भदौ मसान्तमा समाप्त हुने देखेपछि पार्टीलाई बैधानिक ढंगले अघि बढाउन पार्टी नेताको सहमतिमा नेतृत्वको व्यवस्थापनसहितको खाका ल्याएका थिए।


नेता रिजालले निर्धारित समयमा पार्टीका तल्लो तह वडादेखि स्थानीय तह हुँदै संघीय सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्रिय अधिवेशन र जिल्लाको अधिवेशन गर्न नसक्ने अवस्थामा नेतृत्वको व्यवस्थापनको प्रस्ताव गरेका थिए।

उनले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वको वर्तमान केन्द्रीय सहमतिलाई २ वर्षसम्म पार्टी चलाउन दिने र त्यसको लागि १३ औं महाधिवेशनमा सभापतिका प्रत्यासी रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई सहसभापति बनाउने र केही अकांक्षीलाई उपसभापति र माहामन्त्री तथा सहमहामन्त्रीमा नियुक्ति दिएर पार्टी अघि बढाउन सकिने प्रस्ताव गरेका थिए।


तर सभापति देउवाले डा. रिजालको प्रस्ताव परिपक्व हुने अवस्था नआएको भन्दै त्यस्तो प्रस्तावलाई आफूमाथि पार्टीको महाधिवेशन गर्न नचाहेको र पद ओगट्न खोजेको आरोप लाग्ने भन्दै त्यो प्रस्तावका विषयमा सबै बिकल्प भन्दै भएपछि छलफल हुन सक्ने भनेका थिए।


कोभिडको संक्रमणले ल्याएको संकटलाई टार्न सकिने डा.रिजालको यस्तो प्रस्तावप्रति कोइराला परिवारकै केही सदस्यले मन पराएका छैनन्।



सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २१, १२: १६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २१, १२: १६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २१, १२: १६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...