
नयाँ विकल्प,
काठमाडाै- एमिकस क्युरीको राय सकिएसंगै सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनकाे मुद्दा असार २८ गतेसम्म हेर्दाहेर्दैमा राखेकाे छ ।प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरीका तीन सदस्य मध्ये २ जनाले प्रधानमन्त्री ओलीकाे कदम अवैधानिक भएकाे राय दिएका छन् ।
एमिकस क्युरीकाे तर्फबाट राय दिने उषा मल्ल पाठकले भने संसद विघटन संविधानअनुसार नै भएको भन्दै निर्वाचन नै अबको विकल्प भएको राय दिएकी छन् ।
वरिष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेले संविधानको धार ७६ (५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवाले दिएको दावी वैधानिक भएको बताएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा आफ्नो राय प्रस्तुत गर्दै उनले १४९ सांसदको हस्ताक्षर बुझाएकाले धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको दावी वैधानिक भएको बताएका हुन् ।
केपी शर्मा ओलीले धारा ७६ (२) अनुसारको प्रधानमन्त्री हुँदा विश्वासको मत नपाएको र धारा ७६ (३) अनुसारको प्रधानमन्त्री हुँदा पनि विश्वासको मत पाउन सक्दिन भनेकाले धारा ७६ (५) मा दावी गर्नु नै उचित नभएको उनले बताए ।
वरिष्ठ अधिवक्ता घिमिरेले एक पटक विश्वासको मत नपाएको व्यक्ति अर्को पटक प्रधानमन्त्री नियुक्त हुनै नसक्ने पनि बताए । नेपाल बार एसोसिएसनका तर्फबाट एमिकस क्युरी चयन भएकी पाठकले धारा ७६ (५) मा विश्वासको मतको आधार हेरेर दावी अस्वीकृत गर्ने अधिकार राष्ट्रपतिको भएको बताइन् ।
उनले धारा ७६ (५) अनुसारको सरकार बन्न नसकेपछि धारा ७६ (३) अनुसारको प्रधानमन्त्रीले गरेको संसद विघटन पनि संविधानसम्मत रहेको दावी गरिन् । एमिकस क्युरीका रूपमा बहस गरेका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनाउनु नै संविधानसम्मत नभएको बताएका छन्।
यसबारे अदालतले प्रश्न सोध्न पर्ने उनको सुझाव छ। ‘विश्वासको मत गुमाएको पिएमलाई त्यसपछि उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गर्न कसरी मिल्छ?’ उनले भने ,’ नियुक्ति गर्न मिल्ने गुन्जाइस हुन पर्यो नि संविधानको कुन धारा उपधारामा त्यसको गुन्जाइस छ? त्यसैले उक्त नियुक्ति नै गैरसंवैधानिक छ।’
आज बरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, हरिहर दाहाल, शम्भु थापा र बद्रीबहादुर कार्कीले जवाफी बहस गरेका थिए । एमिकस क्युरीको राय सकिएसंगै सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटनकाे मुद्दा असार २८ गतेसम्म हेर्दाहेर्दैमा राखेकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...