
नयाँ विकल्प,
काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतामा दाबी बारे छलफलका लागि दुवै पक्ष निर्वाचन आयोग पुगेका छन् ।
उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोग पुगेका हुन् । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।
निर्वाचन आयोगले छलफलका लागि (जसपा) का दुवै पक्षलाई आज बोलाएको थियो। महन्थसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी पुगेका छन् ।
उपेन्द्र पक्षबाट उपेन्द्रसहित महेन्द्रराय यादव बाबुराम भट्टराईलगायत आयोग पुगेका छन्। यादव पक्षको निवेदनपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो ।
महन्थ पक्षले जवाफ दिएपछि आयोगले दुवै पक्षलाई मेलमिलापका लागि बोलाएको हो। ५१ सदस्यीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षरसहित कारबाही गरेको पत्र यादवले बुझाएका छन्।
ठाकुरले भने आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै कार्यकारिणीको व्यापक हेरफेर गरेर आफ्नो पक्षमा बहुमत पुर्याएको दाबी गरेका छन्।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...