
नयाँ विकल्प,
जनकपुर- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने दाबी गरेका छन्।
माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका प्रचण्डले सर्वोच्च अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने विश्वास ब्यक्त गरे ।
यसअघि पनि संसद विघटन हुँदा अदालतले नै संसद पुनर्स्थापना गरेको जिकिर गर्दै उनले फेरि पनि सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने बताए।
संविधानको मर्म र भावना अनुसार, लोकतान्त्रिक मूल्य मान्यता अनुसार संसद पुनर्स्थापनाको कुनै विकल्प नरहेको उनको भनाई थियो। प्रचण्डले संसद पुनर्स्थापना हुँदैन भन्नुको अर्थ संविधान तथा लोकतन्त्र मिचे पनि हुन्छ भन्ने नजिर स्थापित हुने भन्दै, त्यस्ताे कल्पना गर्न नसकिने बताए प्रधानमन्त्री ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजे आरोप लगाए। उनले ओली निरंकुशतातर्फ थप अग्रसर हुँदै गएकाे समेत आराेप लगाएका छन् ।
उनले संविधान आवास्यकता अनुसार संविधान संशोधन हुने समेत बताएका छन् ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...