
नयाँ विकल्प,
काठमाडाैं- महानगरीय प्रहरी परिसरकाे टाेलिले दुर्लभ बन्यजन्तुकाे अबैध काराेबार तथा सट्टेवाजीगर्ने ४ चिनियाँ नागरिकलाई ठमेलबाट पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा चीनकाे युआन प्रान्तका झाओ पेनयुचिङ, हुवेइका माँ जीनविङ, हेनानका नीउ यूलिङ र पेङ हुई रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाउ परेकाे उनीहरू जुवातास सट्टेबाजीमा संलग्न समेत संलग्न रहेकाे प्रहरीकाे अनुसंधानबाट खुलेकाे छ । परिसरबाट खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई काठमाडाैं महानगरपालिका- १७ ज्याठा क्वाबाहालबाट गएराति नियन्त्रणमा लिएकाे हाे ।
प्रहरीले चाईनिज नागरिकहरु जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातास सट्टाबाजी खेली खेलाई रहेको भन्ने बिशेष सुराकीकाे आधारमा उनीहरूलाई नियन्त्रयमा लिएकाे हाे ।
महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट विशेष टोली परिचालन गरी चाईनिज नागरीकहरु बसोबास गर्ने होटलहरुमा खोजतलाश गर्दा ज्याठा गल्ली भित्र चाईनिज नागरिक वीन्लाेङ सी संचालन गरेको जीआगु खाजन होटलबाट नियन्त्रणमा लिएकाे हाे ।
साे स्थानम चाईनिज नागरीकहरु भेला जम्मा भई दुर्भल बन्यजन्तुको अखेटोपहारको अबैध कारोबार तथा सट्टाबाजि हुने गरेकाे थियाे ।
प्रहरी नियन्त्रमा लिएका चाइनिज टोलीकाे साथबाट ८ लाख ८९ हजार १५५ रुपैया र दुर्लभ बन्यजन्तुको छाला ,कस्तुरीको बिना, बुद्वचित्र, रुद्वाक्ष,बाघको दात बरामद गरेकाे छ ।
साथै उनीहरूकाे साथबाट फलामको धारिलो खुकुरी,तरबार, जुवातास खेल्न प्रयोग गरेका बिद्युतिय टेबल २ थान जुवातास खेल्न प्रयोग हुन चाईनिज भाषा माजुङ बताउने पलाष्टिकको गोटी ४१० थान बरामद गरेकाे छ ।
प्रहरीले उनीहरूकाे साथबाट बाघको छाला १ थान, गाईको छाला १ थान,कस्तुरीको बिना २० थान , बुद्वचित्त ९सय थान , रुद्राक्ष २० केजी, र उनीहरूले प्रयाेग गरेकाे राहदानी २ थान बरामद गरेकाे छ ।
प्रहरी टाेलीले उनीहरूकाे साथबाट बिभिन्न चाईनिज बैंकहरुका एटिएम कार्ड ३५ थान, भौचर पाना ( लेखिएका) २५० थान , भौचर पाना (नलेखिएका) ६८ थान, बाघकाे दाँत २ थान, फलामको धारिलो खुकुरी २ थान फलामको धारिलो तरबार १ थान बरामद गरेकाे जनाएकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...