नयाँ विकल्प,
काठमाडौं – आन्दोलनरत पाँच विद्यार्थी संगठनले विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेनयाँ विकल्प,छन् । अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम जानकारी दिएको छ ।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस विज्ञेप्ति जारी गर्दै आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका हुन् ।
विद्यार्थी पाँच विद्यार्थी संगठनले २४ असारमा देशव्यापी सिट्ठी जुलुस र २७ असारमा माइतीघरमा शंख फुकेर प्रतिगमनविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरको हुन् ।
यस्तै, बैठकले धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितता, भ्रष्टाचार, निजीकरण र माफियाकरणले प्रतिष्ठान धराशायी हुने अवस्थामा पुगेको निष्कर्ष निकाल्दै उपकुलपतिको बर्खास्तीको माग गर्दै भइरहेको आन्दोलनमा ऐक्यबद्धता प्रकट गरेको छ ।
शिक्षक सेवा आयोगको परीक्षा लिने प्रक्रिया तत्काल अगाडि बढाउन पनि बैठकले माग समेत गरेको छ । र चितवनमा २२ वर्षीया सुजिता भण्डारीको रहस्यमय मृत्युको अविलम्ब छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न उनीहरुले माग गरेका हुन् ।

नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने गरी ६ वटा...
काठमाडौं : भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन...
काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...