शेयरमूल्य र कारोबार रकममा ओरालो – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

शेयरमूल्य र कारोबार रकममा ओरालो


नयाँ बिकल्प,
साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकसंगै कारोबार रकम पनि ओरालो लागेको छ। नेप्से सूचक ५ अकंले घटेरे २८१८ विन्दुमा झरेको छ।

यस दिन २२० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड ४० लाख १८ हजार २ सय ५५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। सोमबार पनि ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको सूचक उकालो लागेको थियो । निर्जीबन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १ प्रतिशतभन्दा धेरैले बढेको छ। बैकिङ, माइक्रोफाइनान्स र जीवन बीमा उपसमूहको सूचक भने उकालो लागेको छ।

लगानी उपसमूहको सूचक भने सर्वाधिक २.१३ प्रतिशतले घटेको छ। हाइड्रोपावर र व्यापार उपसमूहको सूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ।

नेप्से सूचक सामान्य अंकले घटेपनि राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य भने सर्वाधिक ८.३१ प्रतिशतले बढेर प्रति कित्ता २२ हजार ५२ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

माउन्टेन इनर्जी नेपालको शेयरमूल्य ५ प्रतिशतले बढ्दा सिभिल लघुवित्त, कर्पोरेट डेभलपमन्ट बैंक र समिट लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले बढेको छ।

एचआईडिसीएल र अपर तामाकोशीको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ। रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, नेपाल इन्स्योरेन्स, राधी विद्युत, जोशी हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य पनि ३ प्रतिशत भन्दा धेरैले घटेको छ।

कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ३५ करोडभन्दा धेरैको शेयर कारोबार भएको छ। अपर तामाकोशीको शेयर पनि २० करोड ५२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २२, २०: ४६

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २२, २०: ४६

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ असार २२, २०: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...