हाइटीका राष्ट्रपति जोभेनेलको उनकै निवासमा हत्या – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

हाइटीका राष्ट्रपति जोभेनेलको उनकै निवासमा हत्या


नयाँ विकल्प,

एजेन्सी- हाइटीका राष्ट्रपति जोभेनेल मोइसको उनकै निजी निवासमा हत्या गरिएको छ। अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफले एक वक्तव्य जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

राजधानी पोर्ट–ओ–प्रिन्समा रहेको उनको निवासमा अज्ञात बन्दुकधारीहरु स्थानीय समयअनुसार १ बजे प्रवेश गरी उनको हत्या गरेको जोसेफले बताएका छन् । घटनामा प्रथम महिला पनि घाइते भएको बताइएको छ ।

५३ वर्षीय मोइस सन् २०१७ फेब्रुअरीदेखि सत्तामा रहेका थिए । उनलाई भ्रष्टाचारको आरोप लाग्दै आएको थियो भने उनको विरुद्धमा हिंसात्मक प्रदर्शनहरु पनि भएका थिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २३, १७: १०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २३, १७: १०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २३, १७: १०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...