अन्तराष्ट्रिय बजारमा कच्चा तेलकाे भाउ बढेपछि नेपालमा इन्धनकाे मूल्य बढ्याेः निगम – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

अन्तराष्ट्रिय बजारमा कच्चा तेलकाे भाउ बढेपछि नेपालमा इन्धनकाे मूल्य बढ्याेः निगम


नयाँ विकल्प,


काठमाडाैं- नेपाल आयल निगमले इन्धनकाे मुल्य अन्तराष्ट्रिय बजारमा बढीरहेकाले नेपालमा पनि साेही अनुसार समायाेजन भएकाे जनाएकाे छ ।

निगमले मंगलबार एक विज्ञप्ती जारी गर्दै पछिल्ला दिनहरूमा अन्तराष्ट्रिय बजारमा कच्चा तेलकाे मुल्य निरन्तर बढीरहेकाे अबस्थामा इण्डियन आयल कर्पाेरेसनबाट प्राप्त मुल्य सूचि अनुसार नेपाल आयल निगमले इन्धनकाे मूल्य स्वाचालित रूपमा कार्यान्वयन गरेकाे जनाएकाे छ ।


निगमले पेट्राेलियम पदार्थकाे स्वाचालित मूल्य कार्यान्वयन कार्यबिधी, २०७१ अनुसार बिक्रि मूल्य समायाेजन गर्दै आएकाे निगमले जनाएकाे छ । ९ असार २०७८ मा काठमाडाैं उपत्यकाकाे लागि पेट्राेल, डिजेल, मट्टितेल तथा हवाइ इन्धनमा साविककाे बिक्रि दर भन्दा २ रूपियाँ मात्र मुल्य बृद्दि भएकाे निगमले जनाएकाे छ ।

मूल्य समायाेजन भएकाे मूल्य अनुसार पेट्राेलकाे १२७ रूपियाँ ,डिजेलकाे ११०,तथा हवाइ इन्धनकाे ८२ रूपियाँ कायम गरिएकाे निगमले जनाएकाे छ ।

मुल्य समायाेजन अघि काेभिड-१९ अबधीमा निगमले १५ दिनमा ६४ कराेड ९७ लाख घाटा बेहाेर्नु परेकाे जनाएकाे छ । गत असार १७ मा पेट्राेलिय पदार्थकाे अन्तराष्ट्रिय बजार मूल्य अनुसार निगमलाइ इण्डियन आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार काेभिडकाे निषेधाज्ञाकाे समयमा भएकाे १५ दिनमा मात्र १ अर्ब १० काराेड ५० लाख नाेक्सान भएकाे समेत निगमले जनाएकाे छ ।


निगमले पछिल्लाे ३ बर्षकाे अबधिमा इन्धनकाे कच्चा पदार्थकाे मुल्य अनपेक्षित रूपमा बढेकाे जनाएकाे छ । अमेरीकी डलरकाे विनिमय दर बढ्ने र नेपाली रूपियाँ अवमूल्यन भएकाले समेत नेपाल लगायत विश्व बजारमा इन्धनकाे मुल्य बढेकाे निगमले जनाएकाे छ ।

यस्ताे क्रम नराेकिए आगामी दिनमा समेत मूल्य समायाेजन गर्नुपर्ने बाध्यता रहने निगमले जनाएकाे छ । निगमले इन्धनकाे मूल्य समायाेजन कार्यविधि अनूसार गएराति देखि लागु हुने गरि थप २ रूपियाँ मुल्य बृद्दि गर्नु परेकाे समेत जनाएकाे छ ।

निगमले खाना पकाउने ग्याँसकाे मूल्यमा २५ रूपियाँ मात्र बृद्दि गरिएकाे जनाएकाे छ । निगमले पछिल्लाे समय समायाेजन भएकाे मुल्य अनूसार पेट्राेलमा ७ रूपियाँ ४५ पैसा, डजेलमा ४ रूपियाँ ३५ पैसा एलपी ग्यासमा, ३ सय १९ रूपियाँ ३२ पैसा घाटा रहेकाे जनाएकाे छ ।

जस अनूसार १५ दिनमा ९१ कराेड ३५ लाख घाटा हुने समेत निगमले जनाएकाे छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २३, १८: ०८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २३, १८: ०८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २३, १८: ०८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...