चट्टानसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध – Naya Bikalpa
November 23, 2026, Monday      Epaper

चट्टानसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

नयाँ विकल्प

चितवन- नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने उनले बताए ।

बुधबार बिहान ९ बजेदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको सडक साँझ ६ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको थियो। सडकखण्डको सो क्षेत्रमा पहिरो र ढुङ्गा खस्ने क्रम भने रोकिएको छैन। सडकखण्डमा एक सातादेखि निरन्तर पहिरो खसिरहेको छ। पहिरोका कारण सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पहिराले सयौँ सवारी साधन रोकिएका छन्।

सम्बन्धित समाचार

भैरहवा एयर रुटमा भारतको सहमति
भैरहवा एयर रुटमा भारतको सहमति
  • २०७८ असार २४, ०८: १७

काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...

चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुसार कानुन परिमार्जन गर्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
  • २०७८ असार २४, ०८: १७

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको बदलिँदो स्वरूप, प्रविधिको विकास र उद्योगका रूपमा विस्तार भइरहेको अवस्थालाई...

प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
प्रधानमन्त्री शाहको भारत भ्रमण : नेपाल-भारतबीच आठ विषयमा समझदारी (सूचीसहित)
  • २०७८ असार २४, ०८: १७

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा समझदारी भएको छ । भ्रमणको...