
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार हाेटल म्यारियटमा भएकाे छलफल विना निष्कर्ष सकिएकाे छ।
शिर्ष नेताबीच कुनै सहमति जुटन नसके पनि विवाद समाधानकालागि गठित कार्यदलकाे बैठक विहिबार समेत बस्दै छ। बुधबार भएकाे भेटमा ओलीले पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेकाे र विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न नेपाललाइ आग्रह मात्र गरेकाे स्राेतले दावी गरेकाे छ।
यता माधब कुमार नेपालले पार्टीलाइ २ जेठ ०७५ मा फर्काउन र संसद विघटन गर्नु गलत रहेकाे भनि ओलीलाइ आत्मआलाेचना गर्न आग्रह गरेका थिए । ओलीले माधब नेपालकाे साे प्रस्ताब मान्न तयार नभएकाे स्राेतकाे दाबी छ ।
कार्यदलमा भइरहेको छलफल सकारात्मक भए पनि प्रधानमन्त्री एवंम् अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बुधवार छलफल भएको थियो।
बुधबारकाे छलफलमा ओलीनिकट ईश्वर पोखरेल, विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे सहभागि थिए। आज बस्ने कार्यदलमा विवाद समाधानकालागि पुनः छलफल हुने बताइएकाे छ। सर्वाेच्च अदालतले प्रधानमन्त्रीद्वारा प्रतिनिधि सभा विघटनिबरूद्ध परेकाे रिट निवेदनकाे असार २८ गते सुनुवाइ हुने सम्भावना छ। तर, त्यसअघि नै प्रधानमन्त्रीले विघटनबिरूद्ध रिट निवेदनका पक्ष रहेका नेपाललाइ भेटेर बिचाराधिन मुद्धालाइ प्रभावित पार्ने आसय देखिन्छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...