पाल्पाकाे केराबारीमा पहिरोले ५ घर पुरियो, १ को मृत्यू १ बेपत्ता – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

पाल्पाकाे केराबारीमा पहिरोले ५ घर पुरियो, १ को मृत्यू १ बेपत्ता


नयाँ विकल्प,

बुटवल- पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले ५ घर पुरिदा १ जनाको ज्यान गएको छ ।

एक बालक बेपत्ता भएका छन् । कल्याणी आधारभुत बिद्यालय नजिकै रहेको गिट्टिखानीनिर भएको घटनामा अन्दाजी ४५ बर्षिय बीर बहादुर गुरुङ्गको घटना स्थलमै ज्यान गएको हो ।

पहिरोले ८ वर्षिय बालक आरब परियार बेपत्ता छन् । बिहान साढे ३ बजे तिर आएको पहिरोले हरी दर्लामी, सुजा परियार, नरबहादुर राना, बीर बहादुर गुरुङ्ग र बल बहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले घाईते भएकाहरुलाई कल्याणी आधारभुत बिद्यालयमा राखेर उपचार भैरहेको र बिस्थापित हरुलाई पनि सोही बिद्यालयमा राखिएको स्थानीयले जनाएका छन् ।

हिजो राती देखि निरन्तर रुपमा परेको पानीले पाल्पा बुटवल सडकको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ । पहिरो हटाएर बन्द बाटो सुचारु गर्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ असार २४, १३: २८

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ असार २४, १३: २८

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ असार २४, १३: २८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...