
नयाँ बिकल्प,
काठमाडौं । शेयर कारोबारको यो साता लगातार ४ दिनसम्म घटेको नेप्से अन्तिम कारोबारको दिन बिहीबार २३.९७ अंकले बृद्धि भएको छ भने शेयर कारोबारको रकममा पनि सामान्य बृद्धि भएको छ।
साताको पहिलो कारोबार दिनदेखि नै निरन्तर ओरालो लागिरहेको नेप्से आज २३.९७ अंक बढेर २८२५.११ विन्दुमा पुगेको छ। यो साता नेप्सेमा करिव ४५ अंकले गिरावट आएको छ। आज सेन्सेटिभ इण्डेक्स ४.४१ अंक बढेर ५२९.६६ अंक बढेको छ।
बुधबार ४ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको शेयर बजारमा आज भने २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर ५१ हजार ८६८ पटक खरिद विक्री हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये बिहीबार ११ उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी २ उपसमूहको परिसूचक ओरालो लागेको छ।
बिहीबार वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत बढेको छ। आज विकास बैंक उपसमूहको परिसूचक २.१२ प्रतिशत बढेको छ भने जलविद्युतको १.९५ प्रतिशत, लघुवित्तको १.३३ प्रतिशत र लगानीको १.०८ प्रतिशत बढेको छ।
आज धेरै आम्दानी गर्ने कम्पनीहरुमा गुहेश्वरी मर्चेन्ट बैंक९.४४ प्रतिशतले बृद्धि भई ४७४, राष्टिय विमा कम्पनीको ६.११ प्रतिशतले बृद्धि भई १ हजार ८४, जोशी हाईडोपावरको ५.७७ प्रतिशतले बृद्धि भई २७५, घलेम्दी हाईड्रोपावरको शेयर ५.६६ प्रतिशतले बढेर २८० अंक पुगेको छ।
यस्तै, मल्टिप्रपोज फाइनान्सको ५.०९ प्रतिशतले बढेर ३५१, सिभिल लघुवित्तको ५ प्रतिशतले बृद्धि भई १६८०, समृद्धि फाइनान्सको ४.९५ प्रतिशतले बढेर ३८२ र पाँचथर पावरको शेयर ४.८९ प्रतिशतले बृद्धि भएर ३४३ अंक पुगेको छ।
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ। बैंकले २१ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
धेरै आम्दानी गर्ने अन्य कम्पनीमा हिमालयन डिष्टिलरीले १७ करोड ४६ लाख ४८ हजार रुपैयाँ, एनआईसी एसिया बैंकको १६ करोड ७९ लाख ५७ हजार, निफ्राको १३ करोड ९९ लाख १ हजार, माथिल्लो तामाकोसीको १२ करोड ९५ लाख,१८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
अधिक कारोबार गर्ने अन्य कम्पनीमा नविल बैंकको ११ करोड ४६ लाख ५१ हजार, नेपाल पुनर्विमा कम्पनीको ११ करोड ७९ लाख २८ हजार, सिद्धार्थ बैंकको ११ करोड २ लाख १२ हजार र सिटिजन बैंकको १० करोड ५ लाख ६४हजार २११ रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...