
नयाँ बिकल्प,
काठमाडौं – सत्ताधारी दलका कार्यकर्ता, मन्त्रीका आसोपासे र कमिसनखोरको जालोमा परेर बर्षेनी अर्बौं घाटा बेहोर्दै आएको नेपाली ध्वजावाहक नेपाल बायू सेवा निगमलाई निजीकरण गर्ने सरकारको प्रक्रियाबिरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन्।
सरकार र उच्च तहका कर्मचारीको कार्यकर्ता र आफन्त भर्ना गर्ने अखडाको रुपमा परिणत भएको नेपाल बायूसेवा निगमको नीतितग तहमा हुनेले जहाज खरिद वा भाडामा लिँदा हरेक पटकजस्तौ कमिसन कुम्ल्याउने र भ्रष्टाचार गर्ने गरेका घटना सार्वजनिक छन्।
सत्ताधारी र उच्चतहका कर्मचारीको द्रव्य आर्जन गर्ने थलो मात्र होइन, कामचोर र सेवाग्राही प्रतिकूल व्यवहार गर्ने कर्मचारीका कारण राज्यले घाटा बेहोरिरहेको छ भने सेवाग्राहीले सास्ती पाइरहेका छन्। निगमकाे हवाइ सेवाकाे टिकट नपाउने र पाए पनि समयमै गन्तव्यमा नपुर्याउने, हवाइ उड्डयनकाे कार्यतालिका दुरूस्त र पारदर्सी नहुने तथा कमिसन नपाउँदा खाली सिटमै उडान भर्ने प्रचलनले निगमप्रति सेवाग्राहीले पटक्कै विश्वास गर्दैनन्।
अनेकौं कारण र बहाना देखाएर सँधै जसो निर्धारित समयमा उडान नभर्ने निगमको हवाई भाडा सस्तो भए पनि यात्रुले दोहोर्याएर सेवा लिने गरेका छैनन्। बिकृति र बिसंगतिको केन्द्रमा रुपमा रहेको निगमलाई निजीकरण गर्ने उदेश्य राखे राज्यले राखे पनि एउटा निजी हवाई कम्पनीलाई कौडीको भाउमा दिन लागेको दाबी गर्दै कर्मचारीहरु यतिवेला आन्दोलित बनेका हुन्।
निगमलाई निजीकरण गर्ने प्रक्रिया शुरु गरेको भनदै निगमका कर्मचारी चरणवद्ध आन्दोलनमा उत्रिएपछि यतिवेला निगमको केन्द्रीय कार्यालय तनावग्रस्त बनेको छ।
निगमका कर्मचारीहरु निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलका बिरुद्ध नाराबाजीमा उत्रिएबम छन्। निगमका आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुसको नेतृत्व निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले गरेका छन्।
निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने कर्मचारीहरुले घोषणा गरेका छन्।
राष्ट्रिय ध्वजाबाहक जस्तो इतिहास बोकेको सेवा निगमलाई निजी स्वार्थमा महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन्।
गत मंगलबार निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै तालुक मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएसँगै कर्मचारीहरुले चरणबद्ध आन्दोलन गर्दै आएका छन्।बुधबार निगमको कार्यालयमा कर्मचारीले तालाबन्दी गर्ने क्रममा प्रहरी र कर्मचारी बीच तनाब भएको थियो।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...