
नयाँ विकल्प,
काठमाडाै-बैदेशिक राेजगारमा ठगिएका युवा र पठाउने एजेन्टबीचकाे झडपमा एजेन्टका हजुरबुवाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा खडक नगरपालिका-९ लालपट्टीका ५८ वर्षीय मोहम्मद दाउद मियाँ रहेकाे सप्तरी प्रहरीले जनाएकाे छ ।
मृतकका नाति मोहम्मद तनाबुलले स्थानीय युवा इरारुल मियाँ र आजिब मियाँलाई विदेश पठाएका थिए।
आफ्नो मेनपावर कम्पनी नभएका उनले ‘एजेन्ट’को भूमिका खेलेका थिए। राेजगारीकालागि विदेशमा गएका युवाले राम्राे काम नपाएपछि नेपाल फर्केर एजेन्टसंग पैसा फिर्ता माग्ने क्रममा बिहीबार राति साढे ११ बजे दुई पक्षबीच झडप भएको थियो।
दुवै पक्षकाे झडपमा टाउकोमा चोट लागेका मियाँकाे छिन्नमस्ता अस्पताल राजविराजमा मृत्यु भएको छ ।
झडपमा पिडित पक्षले चिर्पट र बाँसको भाटाले मियाँको टाउकोमा प्रहार गरेका प्रहरीले जानएकाे छ ।
झडपमा संलग्न पिडित पक्षका मानिस भने फरार रहेकाे र उनीहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...