
नयाँ बिकल्प,
काठमाडौं । देशको राजधानी मात्र होइन, मुलुककै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौंबाट नेपाली कांग्रेसको सभापतिमा यस पटक ६ जना नेताले दाबी गरेका छन्।
वर्तमान सभापति सबुज (कृष्ण) वानियाँ, पूर्वउपभापति गौरी दवाडी, पूर्वसचिव दामोदर खड्का, क्षेत्रिय सभापतिहरु उपेन्द्र कार्की, हरिहर अधिकारी र राजू श्रेष्ठले सभापतिको लागि उम्मेदवार बन्ने चाहना राखेका छन्।
देशकै सबैभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन हुने काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र र एक महानगरपालिका मात्र होइन, काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यको सख्या पनि अन्य जिल्लाको तुलानामा दोब्बर भन्दा बढी छ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टीका पूर्वप्रवक्ता नरहरि आचार्य, महिला संघकी पूर्वअध्यक्ष अम्विका बस्नेत समेत काठमाडौंबाटै प्रतिनिधित्व गर्छन। नेपाली कांग्रेसका संस्थापक नेता लौहपुरुष गणेशमान सिंहको बिरासतमा कांग्रेसको जग काठमाडौंमा अडिएको मानिन्छ।

पार्टीका पूर्वउपसभापति तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहको बढी नै प्रभाव रहेको काठमाडौं जिल्लामा सिंहकै समर्थनमा १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरी सभापति निर्वाचित सबुज (कृष्ण) बानियाँले यस पटक सभपातिमा मनेतृत्व दोहोर्याउने चाहना राखेका छन्।
बनियाँले जिल्लाको १४ औं अधिवेशनमा सभापतिमा नै चाहना राख्दा विगतमा झै नेता सिंहले सहयोग र समर्थन गर्ने पक्का छ। यस्तो अवस्थामा अन्य उम्मेदवारले वानियाँसँग टक्कर लिन त्यति सजिलो छैन्। तत्कालिन सभापति भिमसेनदास प्रधानलाई प्रतिष्पर्धामा हराउन सफल बानियाँ सभपातिका सबैभन्दा बलिया उम्मेदवार हुन्।
हरेक जिल्लाका पार्टी सभापतिले स्थानीय, प्रदेश वा संघीय संसदको निर्वाचनमा उम्मेदवार बन्दा १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंको कहीँ कतैबाट पनि उनले उम्मेदवारी दिएनन र देशको सबैभन्दा बढी सांसद जिताउने जिल्ला पनि काठमाडौं नै रहयो। पार्टीको स्थानीय तहको इकाई सभापति हुँदै नेता सिंह र अर्का केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जित कांग्रेस काठमाडौं जिल्ला सभापति हुँदा जिल्ला सदस्य भएका बानियाँ त्यसपछि लगातार नै पार्टी महासमिति सदस्य हुँदै आएका छन्।

त्यस्तै, विगत ३० वर्षदेखि कांग्रेस काठमाडौंको जिल्ला सदस्यदेखि सचिव हुँदै उपसभापति समेत भएका गौरी दवाडी यस पटक सभापतिमा प्रतिष्पर्धा गर्न मुडमा देखिन्छन्। आठौं अधिवेशनमा तत्कालिन काठमाडौं क्षेत्र नं ५ सचिव दवाडी नवौं अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमापा चयन भएका थिए।
१०औं महाधिवेशनमा तत्कालिन सभापति तीर्थराम डंगोल नेतृत्वको जिल्ला कार्यसमितिमा जिल्ला सदस्य भएका दवाडी त्यसै समयमा केन्द्रीय प्रशिक्षण विभाग र केन्द्रीय शिक्षा विभागका सदस्य समेत भए। ११ औं अधिवेशनमा डंगोल सभापति भएको समयमा दवाडी सचिव भएका थिए।
काठमाडौं कांग्रेसको जिल्ला सभपातिमा प्राध्यापक भिमसेनदास प्रधान निर्वाचित भएपछि दवाडीले उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। महेन्द्र रत्न क्याष्म्पसमा लामो समय प्राध्यापन पेशमा आवद्ध दवाडीको योगदान राजनीतिसहित सामाजिक र शैक्षिक क्षेत्रमा बढी नै छ।
उनी काठमाडौं शिक्षा क्याम्पस संचालक समितिको सदस्य छन्। काठमाडौं जिल्लामा लामो समय योगदान दिएर खारिएका दवाडीको लोकप्रीयता कार्यकर्तामाझ अझै घटेको भने छैन्।
पार्टीको जिल्लाका पूर्वसभापतिहरु तीर्थराम डंगोल, भीमसेनदास प्रधानदेखि केन्द्रीय सदस्य नरहरि आचार्यको विश्वास र भरोयायोग्य नेता दवाडीलाई पार्टीको तेश्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौला र युवा नेता गगनकुमार थापाको समेत साथ, सहयोग र समर्थन रहेकाले उनलाई कमजोर आंकलन गर्न मिल्दैन्।

कानून व्यवसायको क्षेत्रमा नाम र ख्याति कमाएका दामोदर खड्का पनि यस पटक काठमाडौं कांग्रेसको नेतृत्व लिने चाहनका साथ प्रतिष्पर्धामा उत्रिएका छन्। २०५९ सालमा तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकबाट जिल्ला सचिव भएका खड्का काठमाडौंमा चर्चित र लोकप्रीय छन्।
वर्तमान सभापति देउवा निकट मानिएका खड्कालाई सभापति देउवा, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य ध्यानगोविन्द रञ्जितले पूर्ण समर्थन गरेका छन्। उनी कुनै बेला नरहरि आचार्यका विश्वास पात्र समेत थिए। पार्टीको संस्थापन पक्षमा भए पनि उनको व्यक्तिगत सम्वन्ध निकै बलियो भएको विश्वास गरिन्छ।
कागेश्वरी मनहरा नगरपालिकाको प्रमुखमा प्रत्यासी बनेर पराजित भएका कांग्रेसको हालका काठमाडौं २ नम्वर क्षेत्रिय सभापति भएका उपेन्द्र कार्कीले पनि सभापतिमा उम्मेदवारी दिने भएका छन्। कार्की काठमाडौंको २ र ३ नम्वर क्षेत्रमा निकै लोकप्रीय नेता मानिन्छन्। उनी सभापति देउवा निकटका हुन्।

संस्थापनइत्तर समूहको रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला दुवै समूहसँग उत्तिकै बलियो सम्वन्ध भएका ६ नंम्वर क्षेत्रिवय सभापति हरिहर अधिकारीले पनि यस पटक काठमाडौं जिल्लाको सभापतिमा चाहना राखेका छन्।
विगतमा काठमाडौंको क्षेत्र नं ४ र ५ हुँदा समेत क्षत्रिय सभापति भएका अधिकारी ४ वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको प्रमुखमा प्रतिष्पर्धा गरी झिनो मतले पराजित भएका थिए। उनको सम्वन्ध सिटौला, नरहरि आचार्यदेखि गगन थापा र भिमसेनदास प्रधानसँग पनि उत्तिकै छ। युवा कांग्रेसमा उनी लोकप्रीय छन्।

त्यस्तै, काठमाडौं ४ नम्वर क्षेत्रिय सभापति तथा २०७४ सालको स्थानिय निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा पराजित राजु श्रेष्ठले यस पटक जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन्। उनको उम्मेदवारीलाई काठमाडौं ४ बाट निर्वाचित कांग्रेसका युवा नेता गगन कुमार थापाले समेत सहयोग गर्नु पर्ने बाध्यता छ।
पार्टी सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष सम्वन्ध भएका श्रेष्ठ माओबादी द्वन्द्वको समयमा माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सवारी साधान लुटेको भन्दै बिरोधमा मात्र उत्रिएनन्, भौतिक द्वन्द्वमै उत्रिए। बुढानिलकण्ठ क्षेत्रमा माओबादीको ज्यादति बिरुद्ध लडेका श्रेष्ठ युवा कांग्रेसमा लोकप्रीय र चर्चित छन्।

व्यवसाय क्षेत्रमा लागेर पनि राजनीतिमा योगदान दिएका श्रेष्ठले पार्टी कार्यकर्ता र नेतालाई संकट र दुखमा भौतिक, आर्थिक र नैतिक सहयोग गर्दै आएका छन्। उनको क्रियाशिलता र योगदानलाई देखेर पार्टी सभपाति देउवाले समेत उनलाई कुनै जिम्मेवारी दिने बचन दिँदै आएका छन्।
यसरी हेर्दा काठमाडौं कांग्रेसमा संस्थापन पक्षबाट खड्का, कार्की र श्रेष्ठ तथा सिटौला पक्षबाट दवाडी र अधिकारीले उम्मेदवारी दिँदा सिंह निकटका बानियाँलाई फाईदा पुग्ने देखिन्छ। तर सभापति देउवाको आग्रह वा समन्वयमा संस्थापन पक्षबाट एक र सिटौला पक्षबाट १ जना गरी तीन जना मात्र उम्मेदवार भएमा प्रतिष्पर्धा कडा हुने देखिन्छ।
काठमाडौंमा बानियाँलाई टक्कर दिन संस्थपन पक्ष र सिटौला पक्ष एक ठाउँमा उभिनु पर्ने देखिन्छ। नत्र बहालवाला सभपाति बानियाँलाई टक्कर दिन सजिलो छैन्।
काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा...
काठमाडौँ : नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय र दिगो भविष्यका लागि तत्कालीन कार्यको आह्वान गरेको छ...
काठमाडौं : हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितका लागि नेपालले दिएको...