
नयाँ विकल्प,
काठमाडाैं- नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले गृहमन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा गृहसचिव महेश्वर न्याैपाने,सुरक्षा निकायका प्रमुख लगायतकाे उपस्थित रहेकाे थियाे । शेरबहादुर देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँणले गृहमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रहेका खाँणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा रक्षामन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

प्रधानमन्त्री देउवाका विश्वासपात्र मानिने खाँण २०३३ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । पञ्चायतकालमा पार्टीमाथि प्रतिबन्ध लागेका बेला उनी विद्यार्थी राजनीतिमा सक्रिय थिए ।
खाँणले २०४४ देखि २०४८ सालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) को नेतृत्व गरे भने २०५४ देखि २०६४ सालसम्म नेपाल तरुण दलको अध्यक्ष पनि बने ।

पार्टीभित्र युवा पुस्तामा लोकप्रिय खाँण २०५६ सालदेखि हालसम्म निरन्तर पार्टीमा केन्द्रीय सदस्यको भूमिका छन् । २०४८ सालमै रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०७० सालमा पनि प्रत्यक्ष तर्फबाट सांसदमा निर्वाचित भए ।
२०६४ र २०७४ सालमाचाहिँ उनी समानुपातिकबाट सांसद बनेका थिए । २०५८ सालमा शिक्षा, युवा खेलकुद तथा संस्कृति राज्यमन्त्री बनेका खाँण गणतन्त्र स्थापनापछिको पहिलो सरकारमा सिंचाइ मन्त्री बनेका थिए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...