
नयाँ बिकल्प,
पार्टीको आन्तरिक द्वन्द्वसँगै संविधान बिपरित प्रतिनिधिसभा विघटन गर्ने कदमका कारण प्रधानमन्त्रीबाट पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बालुवाटारबाट बहिर्गमित हुनुको मुख्य दोष सर्वोच्च अदालत र नेता माधकुमार नेपालमाथि थोपरेका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस बद्धर गर्दै १४६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा प्रस्ताव गरिएका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि पदमुक्त भएको ओलीले सर्वोच्च र नेता नेपालमाथि यसरी खनिएका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान साडे ११ बजे मोटरसाईकल र गाडीको जुलुससहित निजी निवास भक्तपुरको बालकोट पुगेका ओलीले समर्थकहरुलाई घरको बरण्डामा निष्किएर संक्षिप्त बक्तव्य दिएका थिए।
निवर्तमान प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष ओलीले राजनीतिक दल र नेताको मूल्यांकन गर्न पाउने जनताको अधिकार सर्वोच्च अदालतले खोसेको आरोप लगाउन समेत पछि परेनन्।
उनले नेपाली जनताको अधिकार खोसिएको, नेताको, सरकारको मूल्यांकन गर्न पाउने जनताको अधिकार खोसिएको र अदालतबाट प्रधानमन्त्री चुन्ने विश्वमा कहीँ नभएको जात्रा गरिएको टिप्पणी गरे।
संक्षिप्त बक्तव्य दिँदै ओलीले एमालेका माधव नेपालहरूका कारण एमाले सरकार ढलेको भन्दै कमजोरी स्वीकार गरेर आए पनि माधव नेपाललाई भने स्वीकार गर्न नसकिने बताए।
ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको भन्दै उनीसँग लागेर विपक्षीलाई सत्ता बुझाउनेहरूलाई भने गल्ती स्वीकार गरेर आए यथोचित जिम्मेवारी दिइने बताए ।
ओलीले माधव नेपालले एमालेविरुद्ध अपराध गरेकाले उनलाई क्षमा हुन नसक्ने बताए। नेता नेपाललाइ उनले एमालेलाइ धाेका दिने गद्दारकाे संज्ञा पनि दिए।
अर्को प्रसंगमा ओलीले आफ्नो सरकारले सम्पूर्ण नागरिकलाई निःशुल्क खोप दिने क्रम अघि बढाएको र चाहिने जति खोप आउने प्रक्रियामा रहेको रहेको बेला नयाँ सरकारले निःशुल्क खोप दिने भन्दै तमाशा देखाएको आरोप लगाए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...