
नयाँ बिकल्प,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासहित पार्टी पदाधिकारीको बैठकले कृयाशील सदस्यता छानविन समितिका सदस्य तथा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेतामाथि कारबाही गर्न निर्देशन दिएका छन्।
कृयाशिल सदस्यता छानबिन समितिले पेश गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय घिमिरेमाथि आक्रमण गर्ने पार्टीको सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिलाई २४ घण्टा भित्र स्पष्टीकरण लिई कारबाही गर्न देउवाले निर्देशन दिएका हुन्।
पार्टी केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत निकटका सिन्धुपाल्चोक १ नम्व क्षेत्रिय सभापति बस्नेत, महाधिवेशन प्रतिनिधिहरु हरिश्चरण श्रेष्ठ र प्रेमध्वज लामाले केन्द्रीय सदस्य तथा सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि शुक्रबार साँझ कुटपिट गरेका थिए।
पार्टी विधान बमोजिम ३ दिनभित्र बस्नेत लगायत कुटपिटमा संलग्नलाई कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले देउवाले निर्देशन दिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा जनाइएको छ।
यता सिन्धुपाल्चोक जिल्ला कार्यसमिति सभापति विकास लामाले क्षेत्र नं. १ मा क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्ने सम्बन्धमा उब्जिएका विविध प्रसङ्ग र घटनामा अनावश्यक र पूर्वाग्रही ढंङ्गबाट जिल्ला कार्यसमितिप्रति लान्छना लगाउने दुष्प्रयास प्रति कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
शनिबार एक विज्ञप्ति जारी गर्दै सभापति लामाले नयाँ क्रियाशिल सदस्यता खारेजी हुनुपर्ने र राप्रपाको समायोजन मार्फत आएको सदस्यता खारेज हुनुपर्छ भनी गराइएको आधारहिन हल्ला र कुतर्कमा कुनै सत्यता नरहेको जनाएका छन्।
सभापति लामाले क्षेत्र नं. १ को क्रियाशिल छानविन सम्वन्धि विषयलाई लिएर समितिको कार्यालयमा हुल हुज्जत गरी समितिका सदस्य तथा केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण र कुटपिट प्रति घोर भरत्सर्ना गरेका छन्।
केन्द्रीय सदस्य घिमिरेकै अनुसार पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतकै निर्देशन र पार्टीका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधी हरीशरण श्रेष्ठ र प्रेमध्वज लामा लगाएतको टोलिले आक्रमण गरी घाइते बनाएको बताउनु भए अनुसार उक्त घटना महाधिवेशन प्रभावित गराउने उद्देश्यले नियोजित तवरले भएको दाबी गरेका छन्।
सो अराजनितिक घटना र दुव्र्यवहारको घोर निन्दा गर्दै घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथी आवश्यक कारवाहीको निम्ति नेपाली काँग्रेस केन्द्रिय समिति र केन्द्रीय अनुशासन समिति समक्ष माग गरेका छन्।
काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...
काठमाडौं : लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले...