
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको ६ सदस्यीय मन्त्रिपरिषद्लाई बिस्तार गर्ने विषयमा सत्तारुढ गठबन्धन दलका पाँच घटकबीच छलफल भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहानदेखि भएको पाँच दलका शीर्ष नेता र प्रभावशाली नेताबीचको छलफलले मन्त्रिपरिषद् बिस्तारको लागि मन्त्री चयनको जिम्मा पाँच दलका प्रमुख नेतालाई दिने सहमति भएको छ।
गत असार ३० गतेदेखि सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दुई साता बित्दा समेत मन्त्रिपरिषद् विस्तार हुन नसक्दा शिक्षा, परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको काम कारबाही प्रभावित हुँदै आएको छ।
मन्त्री छान्ने जिम्मेवारी शीर्ष नेतालाई दिने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए। उनले सरकारको न्यूनतम साझा कार्यक्रम छिटो ल्याउन कार्यदललाई समेत निर्देशन भएको बताए।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा मन्त्रीका आकांक्षीहरु धेरै हुँदा मन्त्री चयनमा सकस परेको छ।
बैठकमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसबाट कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र नेता नारायणकाजी श्रेष्ठ उपस्थित थिए।
त्यस्तै जनता समाजबादी पार्टीबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेको माधवकुमार नेपाल पक्षबाट विजय पौडेल सहभागी थिए।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...