
नयाँ बिकल्प
काठमाडौं – शेयर कारोबारको चौथो दिन नेप्से सर्वाधिक उच्च बिन्दु अर्थात ३१ सयको हाराहारीमा पुगेर नयाँ रेकर्ड बनाएको छ।
नेप्से बुधबार १५.३० अंकले वृद्धि हुँदा ३०९४.९५ बिन्दुमा पुगेर बन्द भएको छ। मंगलबार ३०७९.६५ अंकमा बन्द भएको नेप्से बुधबार भने १५.४० अंकले बढ्यो।
मंगलबारको तुलनामा शेयर कारोबार रकम केही घटेर१३ अर्बको कारोबार भयो। बुधबार बैंकिङसहित, हाइड्रोपावर, उत्पादनमुलक र म्युचुअल फन्ड उपसूचक ओरालो लगे भने वाँकी सबै उपसूचक बढेका छन्। नेप्सेमा होटेल तथा पर्यटन, वित्त कम्पनी जीवन बिमा, निर्जिवन बिमा र लगानी उपसूचकमा आकर्र्षण देखियो।
हाइड्रोपावर उपसूचक १.४७ प्रतिशत, बैंकिङ उपसूचक ०.८७ प्रतिशत र उत्पादनमुलक उपसूचक ०.५५ प्रतिशतले करेक्सन आयो भने होटेल तथा पर्यटन उपसूचकम सवार्धिक ७.०९ प्रतिशतले वृद्धि हुँदा, निर्जीवन बिमा उपसूचक ३.०८ प्रतिशत, लगानी उपसूचक २.८९ प्रतिशत, वित्त कम्पनी उपसूचक २.६३ प्रतिशत र जीवन बिमा उपसूचक २.४१ प्रतिशतले बढेको छ।
नेप्सेमा लगातार बढेको हाइड्रोपावर कम्पनकिो सेयरमा नाफा बुक गर्दा कारोबार रकममा भने हाइड्रोपावर कम्पनी अगाडि देखिएका छन्। बुधबार २ करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५५ हजारको कारोबार भएको छ।
कारोबार रकममा जलविद्युत कम्मनी अगाडि छन्। धेरै कारोबार हुने हाइड्रोपावर मात्रै हुँदा युनाइटेड मोदीको ३८ करोड ६१ लाख ४८ हजार, नेसनल हाइड्रोपवारको ३६ करोड ५३ लाख ७५ हजार र अरुण भ्याली हाइड्रोपावरको ३३ करोड ६१ लाख ५ हजारको कारोबार भएको छ।
सिंगटी हाइड्रोपावरको ३१ करोड ८८ लाख ५६ हजार र अपी पावरको २९ करोड ५९ लाख ५५ हजारको कारोबार भएको छ।
नारायणी विकास बैंक, मल्टीपपर्स फाइनान्स र चन्द्रागिरी हिल्सको सेयर मूल्य बढेर सक्र्रिट लेभलमा बन्द हँदा सोल्टी होटेको सेयरमु्ल्य ८.०६ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८.०५ प्रतिशतले बढेको छ।
सेयर मूल्य घट्नेमा पञ्चकन्या माइ हाइड्रोपावरको ५.०७ प्रतिशतले गिरावट हुँदा सिंगटी हाइड्रोको ४.९८ प्रतिशत, ग्रिनलाइफ हाइड्रोपावरको ४.१८ प्रतिशत, पाचथर पावरको ४.१५ प्रतिशत र रसुवागढी हाइड्रोपावरको सेयरमूय ३.९५ प्रतिशतले घटेको छ।
आज नेप्सेका कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १०९ कम्पनीको मूल्य बढेको छ भन् ७३ कम्पनीको मूल्यमा गिरावट हुँदा १ कम्पनीको भने स्थिर रह्यो।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...