
सम्मानित सर्वोच्च अदालतको परमादेशपछि सरकार परिवर्तन भएको छ । पटक पटक केपी शर्मा ओली सरकारले संसद् विघटन गरेपछि बाध्य भएर उनकै एमाले पार्टीका सांसद्ले समेत संसद् विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए ।
त्यसैगरी एमाओवादी, नेपाली काँग्रेस, तथा मधेशवादी दलहरु समेत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट संविधानमाथिनै प्रहार गरेको भन्दै विपक्षका पुगेका थिए ।
नेकपा एमालेकै दर्जनौ सांसद् विरोधमा जाँदा समेत केपी शर्मा ओलीको कार्यशैलीमा परिवर्तन नभएपछि माधव नेपाल समूह निकै आक्रमक बन्दै गएको कारण वर्तमान सरकारको निर्माण भएको हो । उक्त समूहकी नेतृ एवम् स्पष्ट वक्ता रामकुमारी झाक्री निकै पहिलादेखी केपी शर्मा ओलीका कट्टर आलोचकका रुपमा परिचित थिईन ।
स्पष्ट वक्ता र पार्टीभित्रको एकता तथा केपी ओलीको एकलौटी रणनीतिका विरुद्ध लड्दै आएकी नेतृ रामकुमारी झाक्रीसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अंशः
पछिल्लो राजनैतिक घटनाक्रमअनुसार बनेको नयाँ सरकारमा तपाईहरुको समूह जाने भन्ने कुरा के हो ? यदी सरकारमा नजाने हो भने केपी शर्मा ओलीसँग आत्मसमर्पण नै गर्नुहुन्छ ?
सरकारमा जाने भन्ने त अहिले हाम्रो एजेण्डा नै छैन । किनभने हामी अहिले प्रतिपक्षीमा बस्ने, प्रमुख प्रतिपक्षीको भूमीका सदनमा निर्वाह गर्ने, सरकारलाई रचनात्मक सहयोग गर्ने र खबरदारी गर्ने यो भूमिकामा रहने भनेर बसेका छौं ।
सरकारमा जाने कि नजाने भन्ने छलफलको एजेण्डा नै रहेन । अब बाँकी रह्यो तपाइले भनेजस्तै रुखोसुखो भाषाको आत्मसमर्पण कि एकता भन्ने सन्दर्भमा हाम्रो प्राथमिकता चाही पार्टी एकता हो । तर पार्टी एकता भनेको तपाइले भनेजस्तो आत्मसमपर्ण होइन ।
यसमा स्पष्ट रुपमा हामी २०७५ जेठ २ गते अगाडि नेकपा एमालेको केन्द्रीय कमिटी, त्यसको विधान, नीति, निर्णय तथा प्रतिवेदन र त्यसमा आधारित भएका पार्टीका सदस्य संख्या र नामहरुको सन्दर्भमा आधारित भएर हामी अगाडि बढ्ने भन्ने कुरा चाही अदालतको पनि फैसला हो । त्यसको आधारमा हामी अगाडि बढ्नुपर्छ । त्यसो गर्दा कुरा त सांगठनिक हिसाबले हामीले एकता खोजेको २०७५ जेठ २ गते अगाडिको कुरा हो ।
दोस्रो चाही अहिलेसम्मका राजनीतिक घटनाहरुमा खासगरी दुईतिहाइको नजिक पुगेको कम्युनिष्ट पार्टीको सरकार, प्रतिनिधिसभाको विघटन, सदनमा १७४ सिट थियो कुनैबेला नेकपाको पक्षमा ।
अनि दुई÷दुई पटकको संसद विघटनले नेपालको लोकतान्त्रिक मार्गलाई अवरुद्ध गरेको विषय, संविधानलाई गलत बाटोतर्फ लगेको अवस्था थियो । त्यसमाथि उठेको तमाम राजनीतिक र सैद्धान्तिक प्रश्नहरुको जवाफ दिनुपर्ने कसले हो भन्दा वर्तमान पार्टी अध्यक्ष केपी कमरेडले हो ।
उहाँले यि विषयहरुमा जवाफ मात्रै होइन उहाँले यसको जिम्मेवारी पनि लिनुपर्छ । जिम्मेवारी नलिइकन उहाँले किन यसो गर्नुभयो भन्ने कुराको जवाफदेहीता नभइकन र पार्टी एकता भनेको पनि त्यहाँभित्र बसेर यिनै विषयमा हाम्रा फरक फरक धारणा भयो भने राम्रो हुँदैन । त्यसका लागि सैद्धान्तिक विचारले एउटै धारणा हुन आवश्यक छ । यि कुरा भयो भने हामी पार्टी एकतामानै जाने हो ।
दुवै समूहले पार्टी एकतामानै जोड दिईरहेको अवस्थामा अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तै ०७५ जेठ २ फर्किसकेको अवस्थामा एकता कसले रोक्यो ?
अध्यक्ष पद त माधव कुमार नेपाल अथवा हामीले मागेको पनि होइन । किनभने हाम्रो ९औं महाधिवेशनबाट पारित गरेको विधानमा एउटा मात्रै अध्यक्षको व्यवस्था छ । त्यही विधानलाई नै मान्ने कुरा हो ।
यो बिचमा हाम्रो पार्टी मिलाउनको लागि अथवा मिलाउने नाममा अराजनैतिक विचौलियाहरुले दुईवटा नेताको बिचमा जुन संवाद गरे त्यो प्रकरणमा राजनीतिक तहबाट भन्दा अराजनीतिक विचौलियाको माध्यमबाट दुईवटा अध्यक्षको व्यवस्थाका बारेमा बाहिर चर्चा आएको हो ।
खासगरी तपाईलाई म स्मरण गराउन चाहन्छु कि एकजना क्याप्टेनको बुढानिलकण्ठस्थित घरमा जुन दुई नेताको भेट भयो त्यो भेट जसले गरायो तिनीहरुले निकालेको कुरा थियो । पोलिटिकल लेभलमा हाम्रो वार्ता समिति, कार्यदलका कमरेडहरुले निकालेको व्यवस्था यो होइन । हामीले दुईवटा अध्यक्ष मागेको पनि होइन ।
२०७५ जेठ २ गते अगाडीको समिति, सदस्य, विधान, विविध र पद्धतिलाई मागेको हो । अध्यक्ष माधव कुमार नेपाल हुनुपर्छ भन्ने विषय चाही के हो भने यति ठुलो कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने र विघटनतर्फ लैजाने कमरेड केपी शर्मा ओलीले नैतिकताको आधारमा पार्टीको अध्यक्ष रहिरहन अब लायक हुनुहुन्न, त्यसकारण उहाँले पार्टी अध्यक्षबाट हट्नुपर्छ भन्ने कुरा भएपछि त निर्णायक ढंगले माधव कुमार नेपाल अध्यक्ष हुनुपर्छ भन्ने विषय हो ।
९औं महाअधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई हटाउन नसक्ने अनि बाहिर बाहिर समूह खडा गरेर समस्या समाधान हुन्छ त ?
समस्या हामीले होईन उहाँले गर्नुभएको हो । केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित भइसकेपछि नेकपा एमाले विघटन गर्नुभयो र नेकपा पार्टी बनाउनुभयो । त्यहाँ दुई अध्यक्ष आउनु भयो र महाधिवेशन भएको सात वर्ष भइसक्यो । विधाननै पाँच वर्ष, संविधानतः चार वर्षमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्नुपर्ने थियो र त्यतिबेलानै नेतृत्व परिवर्तनको कुरा हुन्थ्यो हामीले त्यो समय त गुजारी सक्यौ ।
केपी शर्मा ओली पार्टी अध्यक्ष भइसक्नु भएको छ । अर्को कुरा उहाँले पार्टीलाई सही ढंगले सञ्चालन गरेको भए, सरकार सही ढंगले सञ्चालन गरेको भए, विधानलाई नमिचेको भए, संविधानलाई च्यातचुत नगरेको भए, राष्ट्रपति र प्रधानन्त्री मिलेर संविधानलाई उल्लघंन गर्ने काम गरेका कारण समस्या आएको हो, त्यसकारण यी नचाहिने, अनावश्यक काम नगरेको भए हामीले प्रश्ननै गर्ने थिएनौं । उहाँले आफ्नो सरकार आफ्नै कारणले गिराउनुभयो ।
आफ्नो सरकारलाई विश्वासको मत लिने प्रयास गर्नुहुन्थ्यो । दुईतिहाइको नजिक भएको आफ्नो पार्टीको सरकार विभाजन गरेर अहिले जुन काम गरिरहनुभएको छ, अब के उहाँ पार्टी अध्यक्षको रुपमा लायक हुनुभयो त ? कर्णालीमा नेकपा एमालेको वैकल्पिक सरकार बन्ने अवस्था थियो, तर उहाँले भ्याकेटमा गएर ४÷४ जना सासंद्हरु हटाएर कर्णाली प्रदेशमा एमाले अल्पमतमा पार्ने काम भयो ? त्यसकारण सरकार नबने अवस्थामा पुगेको छ ।
लुम्बिनी प्रदेशमा त्यही हालत छ । त्यसैगरी उहाँको मुख्यमन्त्री अल्पमतमा हुनुहुन्छ । उहाँ अहिले वार्ता संवाद गर्न काठमाडौं आउनु भएको छ । एकजना सांसद्लाई आफ्नो निवासमा बन्धक बनाएको भन्ने कुरा पनि बाहिर आएको छ । सत्यतथ्य समयक्रममा बाहिर आउने हो ।
माधव कुमार नेपालले गर्दा मेरो सरकार गयो उहाँ लाल गद्दार हो भनेर त केपी शर्मा ओलीले भनिरहनुभएको छ नि तपाई के भन्नुहुन्छ ?
उहाँले भन्ने बित्तिकै हुने होर ? उहाँले भनेर भएन नी, उहाँले यत्रो ठुलो कम्युनिष्ट आन्दोलनलाई किन विघटन गर्नुभयो ? २०७७ पुस ५ गते संसद् विघटन गर्दाको बखत उहाँलाई कसैले पार्टीबाट हटाउने होईन, प्रधानमन्त्रीबाट हटाउन चाहेका थिएनन्, उहाँलाई पार्टी कमिटीको बैठकमा बसाएर यि एजेण्डामा छलफल गराउन चाहन्थ्यौं, २०७७ को असारदेखी बिचमा अरु नेता कमरेडले गरेका प्रयासहरुमा केही सहमतिहरु भएका छन् ।
केही विषयवस्तुमा छलफल भएर केही बुँदे सहमति जारी गरिएको थियो, तर ति कुरालाई केपी शर्मा ओलीले नजरअन्दाज गरेर आफ्ना वरिपरिका चाटुकारहरुलाई भर्ति गर्ने, भ्रष्टाचार गर्ने खालका कुराहरु त उदाहरण मात्रै हो ।
ओम्नी, यतिजस्ता ग्रुपहरुले देशका सार्वजनिक स्थलमा चाहे रारामा होस् या चाहे गोकर्णमा भन्नुहोस् हरेक ठाउँमा जहाँजहाँ सरकारी जग्ग छ, ति चाहे एउटै विजनेश घरानाले कब्जा गर्नको लागी कानुन बनाइदिने यस्ता विचौलियाहरुलाई हरेक ठाउँमा प्रयोग गर्ने, खोप ल्याउने प्रकरणमा यस्तै विचौलियाहरुले कसले कति कमिशन खाने भन्ने कुरा नमिल्दा उहाँहरुले खोप ल्याउन पनि सक्नुभएन ।
Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...
Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...
Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...