आगो हुँ भन्ने सत्तापक्षका नेताले लगाएको डडेलो निभाउन आउँछ: ओली – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
प्रमुख प्रतिपक्षी दलका नेता ओलीको प्रतिनिधिसभामा मन्तव्य

आगो हुँ भन्ने सत्तापक्षका नेताले लगाएको डडेलो निभाउन आउँछ: ओली


नयाँ बिकल्प ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले सरकारमा संलग्न दलका नेतामाथि आक्रोस पोखेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय लिएर बोल्दै एमाले अध्यक्ष अध्यक्ष ओलीले आफ्नो मन्तब्य माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथिको विरोधमा केन्द्रीत राखे।

‘सत्ता पक्षका एक नेताले एक महिनाअघि म आगो हुँ मसँग नलड भन्नु भयो। उहाँ आगो हो, डडेलो लगाउनु हुन्छ, थाहा छ, त्यो डडेलो निभाउन २–४ बाल्टी पानी हालेर निभाउन हामीलाई पनि आउँछ’, ओलीको प्रश्न थियो, ‘प्रतिपक्षीलाई सरापेर र धम्क्याएर राष्ट्रिय समहमति हुने हो?’

उनले माओबादी अध्यक्ष दाहालको नाम नलिइ संयुक्त सरकारले ल्याएको साझा न्युनतम कार्यक्रममा भ्रष्टाचारको छानबिन गर्ने भनिए पनि स्पस्ट र ठोस रुपमा नआएको भन्दै ‘छानबिन गर्दा क्यान्टोनमेन्टको विषय पनि उठ्ने होला नि?’ भन्दै प्रश्न गरे। ओलीले २०६३ सालमा भएको गौर हत्याकाण्डको समेत छानबिन गर्न माग गरे।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण २६, १५: २७

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण २६, १५: २७

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण २६, १५: २७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...