कुलमान घिसिङकाे विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper
देउवा सरकारको लोकप्रीय निर्णय

कुलमान घिसिङकाे विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति


नयाँ विकल्प ।

काठमाडौँ – सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमवार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। घिसिङ यसअघि प्राधिकरणको कार्यकारी निर्देशक हुँदा नेपाललाई लोडसेडिङमुक्त बनाउन र विद्युत चुहावट ५० प्रतिशत बढीले नियन्त्रण गर्न सफल भएका थिए।

घिसिङ २०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर बिदा भएका थिए। उनलाई पुनः कार्यकारी निर्देशकमा नियुक्त गर्न तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उर्जा मन्त्री बर्षमान पुनले गरेको प्रयास असफल भएको थियो।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई पुनः नियुक्त दिन इन्कार गरी प्राधिकरणकै बरिष्ठत प्राविधिक पृष्ठभूमिका कर्मचारी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेका थिए। शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले जनायो।

मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा जल स्रोत तथा सिँचाइ मन्त्रालयलाई मङ्गलवार विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार अहिले बुधबार घिसिङले पदबहाली गरेका छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ श्रावण २७, ११: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ श्रावण २७, ११: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ श्रावण २७, ११: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...