
नयाँ बिकल्प ।
काठमाडौं । लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलेसंविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न विहीबार ३ बजेसम्मको समय तोकेका छन्।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले बुधकार अपरान्ह जारी गरेको विज्ञप्तिमा ‘मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि साउन २८ गते बिहीबार अपरान्ह ३ बजे भित्र दाबी पेश गर्न प्रदेश प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आव्हान गर्नु भएको छ’ जनाइएको छ।
मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम आज बुधबार राजिनामा दिएकोले मुख्यमन्त्री पद रिक्त भएको हो। विपक्षी कांग्रेस, माओबादी, जनमोर्चा र जसपा लगायतका दलले मुख्यमन्त्री शंकर पोखरेलबिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
प्रदेश सभाको आजबाट शुरु भएको विशेष अधिवेशनको केही घण्टाअघि मात्र मुख्यमन्त्री पदबाट शंकर पोखरेलले राजिनामा दिएका थिए।
विपक्षी दलहरुले मुख्यमन्त्री पोखरेलबिरुद्ध पेश गरेको अविश्वासको प्रस्तावको विषयमा छलफल गरी निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तयार भए पनि मुख्यमन्त्रीसहित प्रदेश सरकारका मन्त्री र सत्तारुढ दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भए पछि प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएको थियो।

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...