ओली सरकारले संविधानलाई मिचेर गरेका नियुक्तिहरु खारेज गरेर प्रधानमन्त्रीले आफ्नो सचिवालय चुस्तदुरुस्त बनाउनुपर्छ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

ओली सरकारले संविधानलाई मिचेर गरेका नियुक्तिहरु खारेज गरेर प्रधानमन्त्रीले आफ्नो सचिवालय चुस्तदुरुस्त बनाउनुपर्छ

  • नेपाली काँग्रेसको १४औं महाधिवेशनको कार्यतालिका आएको छ । जसअनुसार भाद्र १८ बाट वडास्तरीय हुँदै मंसीर ९ बाट केन्द्रीय महाधिवेशन गर्ने भनेर हालै बसेको केन्द्रीय समितिले निर्णय गरेको छ ।
  • जसअनुसार पुराना तथा पूर्वमन्त्री समेत भईसकेका काँग्रेस नेता गोपालमान श्रेष्ठसँग हाम्रा विशेष संवाददाताले गरेको कुराकानीको सम्पादीत अंशः


तपाईहरुले नेपाली काँग्रेसको महाधिवेशन गराउन नसक्नु भएको हो ? महाधिवेशन गर्ने मिति सारेको साहै्र गर्नुभएको छ नि किन ?
सारेको साह्रै त गरेको छैन् । मैले पहिल्यै पनि बताएको थिए कि हामीले भाद्र १६ गतेदेखी १९ गतेसम् मगर्ने भनेर निश्चित गरेका थियौं, त्यो मितिमा सम्भव छैन महाधिवेशन मंसिरसम्म सर्छ भनेर मैले पहिल्यै पनि भनको थिए । अहिले आएर जे भनेको त्यही भएको छ ।

काँग्रेसले संविधानलाई चुनौति दिँदै महाधिवेशन सारेको साह्रै गर्न मिल्छ र ?
संविधानलाई चुनौति दिएको छैन । संविधान बनाउने बेलामा मुलुकमा कोरोना भाइरसको महामारी फैलिन्छ भन्ने पनि त थाहा थिएन । यसपटक विश्वमै ठुलो महामारीको रुपमा कोभिड–१९ भाइरस फैलियो । यो कसैको कब्जामा छैन । महाधिवेशनको मिति सर्नुको एउटा ठुलो कारण कोरोना भाइरसको महामारी पनि हो । हामीलाई समयमानै महाधिवेशन गर्ने इच्छा थियो ।

पाँच वर्षमानै महाधिवेशन गर्ने इच्छा हुँदा हुँदैपनि सम्भावना भएन । संवैधानिक व्यवस्था अनुसार हामीले ६ महिना मिति थपेका हौं । त्यो मिति भाद्र २३ गते सकिन्छ । कोभिड–१९ को महामारीका कारण २०७७ चैत ११ गतेदेखी लकडाउन भएर ६ महिनासम्म मुलुक पुरै ठप्प थियो । मुलुक ठप्प भएका कारण कामकाज हुन सकेन । सरकारले निषेधाज्ञा जारी ग¥यो ।

घरमै बस र घरबाट बाहिर ननिस्क भन्यो । त्यसपछि कोभिड महामारीको दोस्रो लहर आइसकेपछि २०७८ बैशाख १६ गतेदेखी मुलुकमा फेरी लकडाउन भयो र मानवीय क्षति पनि धेरै भएको थियो । हामीले भाद्र १८ गतेदेखी स्थानीय तह वडाबाट सुरु गरेर मंसिरको ९ गतेदेखी १३ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने हाम्रो लक्ष्य छ ।

कोभिडको महामारी हाम्रो मात्रै समस्या थिएन । सारा जनजीवननै ठप्प भएको थियो । १९ वटा न्यायाधीशको बेन्चले ४ महिनालाई शुन्यमय मानेको छ । यो शुन्य समय हरेक कुरामा लागु भएको छ ।


शुन्य समय राजनीतिमा लागु हुन्छ र ? शुन्य समयलाई राजनैतिक दलले मान्ने कसरी ?
यो सबैमा लागु हुन्छ । उद्योगपति र व्यवसायी मात्रै चलायमान नभएका होेइनन् नी देशनै चलायमान भएन । संसारनैचलायमान भएन । के गर्नुहुन्छ त्यस्तो विपद परेपछि ? आपत्विपत् परेको हुनाले यसमा कसैले पनि प्रश्न उठाउन सक्दैन् । यो हाम्रो पार्टीको मात्रै समस्या होइन । अरु पार्टीहरुको पनि समस्या उस्तै छ ।

मुलुककै समस्या हो । तपाई हाम्रो समस्या हो । त्यसले गर्दाखेरी अब यो समयमा हामीले मिति सार्नै पर्ने थियो । जुन मिति केही दिन अगाडी हामीले तोकेका थियौ । त्यो तोकिएको अवधिभित्र सम्पूर्ण काम सम्पन्न गर्नुपर्छ भन्ने मेरो भनाई हो ।

अब फेरी पनि महाधिवेशनको मिति सर्दैन भनेर ढुक्क हुने आधार र विश्वास के के हुन् त भनिदिनुस् न ?
ढुक्क त हुनैप¥यो नि । ढुक्क त हुनैपर्छ । अब मिति सर्दैन । वर्षा पनि सकिन्छ । निर्देशिकाको काम गर्नुछ । निर्देशिकामा भेद्भाव भएको छ । समावेशी भएको छैन । यसलाई समावेशी गर्ने कुरा छ ।

त्यो भाद्र २ गतेसम् मगर्ने गरेर कार्यविधि बनेको छ । रमेश लेखकजीको समितिले पनि सबै आफैंले गरेर सर्वसम्मत भन्ने कुरा कस्तो छ भनेदेखी डेमोक्रेसी पार्टीमा सर्वसम्मत कोसिस गर्ने हो । सर्वसम्मत नभए बहुमतमा जानुपर्छ भन्ने मान्यतालाई लागु गर्दै अगाडी बढेको भए रमेश लेखकजीको समितिले पनि सबै कुरा टुङ्ग्याएर ल्याउँथ्यो ।

क्रियाशील सदस्यता विवाद समाधान गर्नको लागी तीन सदस्य कार्यदल बनेको छ, त्यो समितिले क्रियाशिल सदस्यता विवाद टुङ्ग्याउन सक्ला त ?
विवाद समाधान गर्नुपर्छ नि गरेर ल्याउनुपर्छ । उहाँहरुले रातदिन बसेर काम गरेर भएपनि विवाद समाधान गरेर ल्याउनैपर्छ ।

यसपालीको महाधिवेशनमा नेपाली काँग्रेसको लागी चुनौति र अवसरहरु के–के छन् होला त यहाँलाई के लाग्छ ?
महाधिवेशनबाट हामीलाई अत्यन्त ठुलो चुनौति छ र हामीलाई अवसर पनि छ । हामी सरकारमा छौं । सरकारमा भएको हुनाले हाम्रो पार्टीले सरकारले नेतृत्व गरेको छ । त्यो नेतृत्वले चुस्तदुरुस्त काम गरेर देखाउने बेला छ । अहिलेसम्म भएका गल्तीहरुलाई सच्याउने बेला आएको छ । सरकारको पहिलो प्राथमिकता सबै जनतालाई छिटो भन्दा छिटो कोरोना भाइरस विरुद्धको खोप लगाउने भन्ने हो ।

यो सरकारले पहिला त सबै जनतालाई खोप दिलाउनुप¥यो । मंसिरसम्मा धेरै नेपालीहरुले खोप पाइसकेको हुुनपर्छ । एउटा कुरा सरकारको प्राथमिकता खोप हो र अर्को कुरा कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना छ, आइरहेको छ ।

संक्रमणदर बढिरहेको छ । त्यसको लागि अस्पतालको राम्रो व्यवस्थापन आइ.सि.यु को राम्रो व्यवस्थापन, अक्सिजनको अभाव हुन नदिने र आइ.सि.यु. पाइएन भनेर जनताले दुःख पाउन नपरोस् । भेन्टिलेटरको व्यवस्था र सबै कुराको व्यवस्थापन गरेर यो सरकार अगाडी बढ्नुपर्छ ।

विकास निर्माण भन्दा पनि अस्पतालको राम्रो व्यवस्थापन हुनु जरुरी छ । कोरोना विरुद्धको भ्याक्सिन भिक मागेर होइन खरिद गरेर भएपनि सबै नेपालीलाई खोप लगाउनुपर्छ । यी सबै कुराको व्यवस्थापन गरेर जानुपर्ने चुनौति यो सरकारलाई छ ।

केपी शर्मा ओलीको सरकारले गरेको हरेक काण्डलाई उर्जागर गरेर मुलुकमा शान्ति सुरक्षा अमनचयन दिलाउने काम यो सरकारले गर्नुपर्छ ।

यो वर्षायाममा मनाङ् र मेलम्चीमा बाढी पहिरोबाट ठुलो क्षति भएको छ । त्यहाँको जनतालाई राहत दिने कामहरु, त्यहाँको बासिन्दालाई व्यवस्थापन गर्ने कामहरु यो सरकारले छिटो भन्दा छिटो गर्नुपर्छ ।

ओली सरकारले संविधानलाई मिचेर गरेको नियुक्तिहरुलाई खारेज गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाजीले आफ्नो सचिवालय चुस्तदुरुस्त बनाएर अगाडी बढ्नुपर्ने अवस्था छ । -नयाँ विकल्प साप्ताहिकबाट ।

सम्बन्धित समाचार

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi
  • २०७८ श्रावण ३२, १४: १८

Pulsuz Oyun: Pin Up Demo Rejimi və İpuçları Bələdçi Salam, mənim adım Elvin Həsənov, və bu yazıda Pin Up Casino-nu...

What live casino games does Gransino offer?
  • २०७८ श्रावण ३२, १४: १८

Gransino puts live dealer tables next to a catalogue of 9,000 games and a sportsbook, so you can move between...

What should a beginner know before a first deposit at BetBlast?
  • २०७८ श्रावण ३२, १४: १८

Wondering what to sort out before you put money in? BetBlast is an online casino and sportsbook run by EOD...