नेपाल पक्षका ८ लाई जोगाउँदै ओलीले गरे १४ सांसदलाई कारबाही – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

नेपाल पक्षका ८ लाई जोगाउँदै ओलीले गरे १४ सांसदलाई कारबाही


नयाँ बिकल्प ।


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्वन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गर्न मन्त्रिपरिषद्बाट निर्णय भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले असन्तुष्ट माधव नेपाल पक्षका १४ सांसदलाई कारबाही गरेको छ।

अध्यादेशपछि एमालेका २० प्रतिशत सांसद वा केन्द्रीय कमिटी सदस्यको समर्थनमा अलग दल दर्ता गर्न नेपाल समूहले तयारी गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा ति १४ सांसदलाई कारबाही गरिएको हो।


बरिष्ठ नेता नेपालसहित ति १४ सांसदलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगलाई एमालेले पत्राचार गरेको हो।


प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन ३ गते विश्वासको मत लिँदा पक्षमा लागेको प्रेम आले र किसान श्रेष्ठसहित ८ सांसदलाई भने स्पष्टिकरण समेत सोधिएको छैन।


माधव नेपालपक्षका सांसदले संसदीय दलको ह्वीप दुई पटक उल्लंघन गरेको दाबी गरिएको छ। तर, संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री चयनको संसदीय प्रक्रियामा भने राजनीतिक दल सम्वन्धी कानूनको ह्वीप लगाउने प्रावधान निष्क्रिय हुने सर्वोच्च अदालतको संवैधानिक इजलासको असार २८ को आदेशमा जनाइएको छ।


राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ मा कुनै सांसदलाई निष्कासन गरिएमा त्यसको निर्णयसहितको सूचना सम्बन्धित संसदीय दलले संसद सचिवालयलाई दिनुपर्ने व्यवस्था छ।

सभामुखले चाहेमा कारवाहीको सूचना दर्ता भए लगत्तै सम्बन्धित दलको कारवाहीमा परेका सांसद पदमुक्त हुन्छन।
लुम्बिनी र गण्डकीका सभामुखले यही प्रक्रिया अपनाएर राष्ट्रिय जनमोर्चा नेपाल र जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदलाई तत्कालै पदमुक्त गरेका थिए।


एमालेले कारवाहीको सिफारिस गरेका प्रतिनिधिसभाका सांसदहरुमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी छन्।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र १, १८: २१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र १, १८: २१

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र १, १८: २१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...