
नयाँ बिकल्प ।
सिन्धुपाल्चोक । अविरल वर्षासँगै मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ। मेलम्ची नगरपालिका वडा नं–६ नेपाने बगरमा रहेका घरहरु मंगलबार आएको बाढीले बगाएको हो।
स्थानीयवासी कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर मेलम्चीको बाढीले बगाएको हो। नेपानेमा रहेका अन्य घरहरु पनि बाढीको जोखिममा परेका छन्।
गत असार १ गते परेको अविरस बर्षापछिको बाढीले ति घरहरु जोखिममा रहेका कारण सामान तथा मानिस अन्यत्र सरिएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले साउन १६ पछिको बाढीले मात्र हालसम्म एक सय ११ घरटहरा बगाइसकेको छ।
गत असार १ र साउन १६ गते पछिको निरन्तरको बाढीले पाँच जनाको अकालमा मृत्यु, छ घाइते र २० बेपत्ता छन्। मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक मेलम्चीले बगाउने र पुर्ने काम गरेको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...