
नयाँ विकल्प ।
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एमालेबाट अलग भएर पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्ने तय गरेको छ।
सो समूहले पार्टीको नाम, चुनाव चिह्नलगायतका विषय टुंगो लगाइसकेको छ। तर विकल्पमा छलफल भइरहेको एक नेताले बताए।
पार्टीको नाम नेकपा एमाले (समाजवादी), नेकपा एमाले (क्रान्तिकारी), नेकपा समाजवादी, नेकपा एमाले (जनवादी), वा नेकपा (एकीकृत) लगायतका नाममा छलफल भएको स्रोतले बतायो।चुनाव चिह्न भने सूर्य नछाड्ने निष्कर्ष निकालेको एक नेताले बताए।
उनीहरुले सबै तयारी पूरा गरेर बसेका छन्। राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको अवस्थामा अब निर्वाचन आयोगमा गएर दल दर्ताको तयारी भइरहेको स्रोतले जनायो। नयाँ पार्टी गठनका लागि विधान र सांगठनिक संरचनाको तयारीमा बेदुराम भुसाल नेतृत्वको टोली खटिएको छ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...