बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं पदमुक्त

नयाँ बिकल्प ।


काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई शुक्रबार पदमुक्त गरेकी हुन्। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले प्रसाईलाई पदमुक्त गर्न सिफारिस गरे बमोजिम राष्ट्रपति कार्यालय शुक्रबार पदमुक्त गरेको हो।


पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले मेचीनगर झापाका स्थायी वासिन्दा प्रसाईंलाई २०७६ साल कात्तिक १२ गते प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको थियो। उनीसँग नियुक्त भएका तीलक परियार र अमिक शेरचनलाई २०७७ फागुनमा प्रदेश प्रमुखबाट पदमुक्त गरिएको थियो।

शेरचन पुनः लुिम्वनी प्रदेश प्रमुखमा नियुक्त भइसकेका छन्। सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादव शर्मालाई नियुक्त गर्ने निर्णय गरी राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ भाद्र ४, १५: ३०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ भाद्र ४, १५: ३०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७८ भाद्र ४, १५: ३०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...