महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम फेरेर लोकतान्त्रिक समाजवादी पार्टी राखियो – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम फेरेर लोकतान्त्रिक समाजवादी पार्टी राखियो

नयाँ बिकल्प ।


काठमाडौं । जनता समाजदबादी पार्टीबाट अलग भएका महन्थ ठाकुर पक्षले पार्टीको जनता समाजबादी लोकतान्त्रिकबाट परिर्वतन गरी लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर पार्टी फुटाउन सक्ने गरी बुधबार अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो।

निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएपछि ठाकुर पक्षले पार्टीको नाम लोकतान्त्रिक समाजबादी राखेको हो।

लोकतान्त्रिक समाजबादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले बताए। पार्टीले शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राख्ने निर्णय गरेको छ। यससअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ भाद्र ४, १६: १२

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ भाद्र ४, १६: १२

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ भाद्र ४, १६: १२

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...